एमबीबीएस अध्ययनरत विद्यार्थी फेवातालमा मृत फेला

लालप्रसाद शर्मा

पोखरा — गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत शिशीर केसी फेवातालमा मृत भेटिएका छन् । म्याग्दी घर भइ पोखराको रत्नचोकमा बस्ने २४ वर्षका केसीको शव शनिबार बिहान साढे १० बजे पोखरा–१८ सेदीबगरबाट ६० मिटर पर तालमा भेटिएको प्रहरीले जनाएको छ ।

एमबीबीएस अध्ययनरत विद्यार्थी फेवातालमा मृत फेला

सोही ठाउँमा रहेको होटल वाटरफ्रन्टसँगैको चौरमा केसीले हेलमेट र कपडा छाडेका थिए । कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्र गुरुङले घटनाको अनुसन्धान भइरहेको बताए । केसी एमबीबीएस पाँचौ ब्याचमा अध्ययनरत थिए ।


प्रकाशित : चैत्र २, २०७५ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?