२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कुकुरले मार्‍यो चितुवा

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिका-१० धुँवाकोट स्थित भोर्लेको चिसापानीमा कुकुरको आक्रमणबाट चितुवा मरेको छ । स्थानीय फुचुङ लामाको बाख्रा फारममा आएको साधारण चितुवा र ६ कुकुरबीच बिहीबार बिहान ४ बजे झण्डै एक घण्टा भिडन्त भएको स्थानीयहरुले बताए ।

कुकुरले मार्‍यो चितुवा

'बाख्रा खान आएको चितुवालाई साना ठूला ६ वटा कुकुरले घेरा हालेर आक्रमण गरेछन्,' स्थानीय राम सेडाइँले भने,'कान चुडेको, खुट्टामा घाउ भएको मृत अवस्थाको चितुवा देख्यौँ ।' कुकुरले मारेको चितुवा हेर्न गाउँलेहरुको चिसापानीमा विहानै भिड लागेको उनले बताए । 'एउटा कुकुर मरेको छ, दुईवटा घाइते छन्, अहिले कुकुर सुस्ताएर बसेको छ,' उनले भने ।


मृत चितुवा वन कार्यालयलाई जिम्मा लगाइएको छ । 'आहाराका लागी गाउँ छिरेको चितुवा कुकुरको प्रत्याक्रमण मरेको जानकारी आएपछि टोली खटाएर मृत चितुवा कार्यालय ल्याएका छौं,' वन कार्यालयका प्रमुख इमनाथ पौडेलले भने । उत्त चितुवा पुच्छर सहित पाँच फिट लम्वाइ र दुइ फिट उचाइको रहेको पौडेलले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?