२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

'वार्ताको ढोका खुला छ'

हरिराम उप्रेती

गोरखा — नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चन्द समूहसँग वार्ता गर्न सरकारले ढोका बन्द नगरेको बताएका छन् । उनले वार्ताबाटै समस्या समाधानका लागि प्रयत्न गर्ने पनि बताए । 

गृहजिल्ला गोरखामा शनिबार सञ्चारकर्मीसँग उनले चन्द समूह वार्तामा आउन तयार नदेखिएको पनि बताए ।

'वार्ताको ढोका खुला छ'

'कम्युनिस्ट पार्टीको सरकारले वार्ताको ढोका कहिल्यै बन्द गर्दैन,' उनले भने, 'अहिलेको उपलब्धि रक्षा गर्ने र शान्तिपूर्ण बाटोबाटै समाजवाद उन्मुख समृद्घकिो लक्ष्य हासिल गर्ने स्थिति बनाउन वार्ताको प्रयत्न गर्छौं । हिजोमात्र संविधानको दायराभित्र आउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।'


उनले शान्ति सुरक्षालाई अप्ठ्यारो पार्ने नकारात्मक भूमिका खेलेर प्रतिगमनको आधार बनाउने गतिविधिलाई सरकारले संरक्षण नगर्ने बताए । 'चन्द समूहको अहिलेको गतिविधिले समाजवादको आधार तय गर्न योगदान गर्दैन, यसले नकारात्मक भूमिका मात्रै खेलेको छ,' उनले भने । प्रवक्ता श्रेष्ठले चन्द समूहका गतिविधि प्रतिबन्ध लगाउने विषयमा पार्टीमा छलफल नभएको पनि बताए ।


'पार्टीमा यस विषयमा छलफल गर्दैछौं,' उनले भने, 'संविधान कार्यान्वयनतर्फ जान नदिने, सामाजिक-आर्थिक रूपान्तरण र समृद्घकिो लक्ष्यमा अप्ठ्यारो पार्दै शान्तिसुरक्षामा खलल पुर्‍याउने गतिविधि नियन्त्रणका लागि प्रशासनिक कोणबाट भएको निर्णय भनेर बुझ्नुपर्छ ।' परिवर्तनलाई खोस्न चाहने तत्त्वलाई बल पुग्ने क्रियाकलाप नियन्त्रणमा सरकारले अग्रसरता लिएको उनको भनाइ थियो ।


प्रकाशित : चैत्र ९, २०७५ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?