पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, पर्यटक घाइते

दीपक परियार

लेखनाथ — पोखरामा बिहीबार प्याराग्लाइडिङ दुर्घटनामा एक चिनियाँ पर्यटक घाइते भएकी छन् । सराङकोटबाट प्यारापाइलट महेन्द्र नेपालीले उडाएको ग्लाइडर रुखमा ठोक्किँदा अन्दाजी ४५ वर्षीया टयाङ फुरोङ घाइते भएकी हुन् । 

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, पर्यटक घाइते

हिमालयन फ्रन्टियर कम्पनीको टेन्डम फ्लाइटका क्रममा भएको दुर्घटना घाइते पर्यटकको खुट्टामा चोट लागेको छ । उनको सिर्जना चोकमा रहेको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्यारापाइलट नेपाली सामान्य घाइते छन् ।


दस दिनको अन्तरालमा भएको यो दोस्रो टेन्डम दुर्घटना हो । चैत ५ मा टेन्डम फ्लाइटकै क्रममा सिंगापुरका सात वर्षीय बालक घाइते भएका थिए ।


प्रकाशित : चैत्र १४, २०७५ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?