कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

निजी आवासको २ अर्ब निकासा

भूकम्पपछिको पुनर्निर्माण

तनहुँ — भूकम्पपीडितहरूको निजी आवास निर्माणका लागि तनहुँमा करिब २ अर्ब रुपैयाँ निकासा भएको छ  । जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार चैत दोस्रो सातासम्म आवास निर्माणका लागि १ अर्ब ९७ करोड ७६ लाख ५० हजार रुपैयाँ निकासा गरिएको छ  ।

तनहुँको व्यास नगरपालिकामा २ हजार ६ सय ४९, भानु नगरपालिकामा ४ हजार २ सय ९४, बन्दीपुर गाउँपालिकामा ६ सय ४२, आँबुखैरेनी गाउँपालिकामा ७ सय ३१, देवघाट गाउँपालिका ७ सय ५७, घिरिङ गाउँपालिका २ सय ५४, भिमाद १ हजार ३३, म्याग्दे गाउँपालिका १ हजार ३ सय ३०, शुक्लागण्डकी १ हजार ८ सय ८३ र रिसिङ गाउँपालिका ७ सय १४ लाभग्राही अनुदान पाउने सूचीमा छन् ।

जिल्लामा पूर्ण र आंशिक गरी १४ हजार २ सय ८७ लाभग्राहीमध्ये पूर्ण क्षति भएका १२ हजार ८ सय ५६ र आंशिक क्षति भएका २ सय ३९ लाभग्राहीले पहिलो किस्ताबापतको रकम बुझेको कार्यालयका नासु रामहरि खनालले बताए । त्यस्तै, ६ हजार ८ सय १६ जनाले दोस्रो किस्ता र ३ हजार ५ सयले तेस्रो किस्ताबापतको रकम बुझेका छन् ।


व्यासमा ३४ करोड १९ लाख, भानु नगरमा ५९ करोड ४१ लाख ५० हजार, बन्दीपुर गाउँपालिकामा १७ करोड २ लाख रुपैयाँ, आँबुखैरेनीमा लाभग्रहीले १३ करोड ६८ लाख ५० हजार रुपैयाँ अनुदान रकम बुझेका छन् । यस्तै, देवघाटमा ७ करोड ४४ लाख, घिरिङमा ३ करोड ६० लाख ५० हजार, भिमाद नगरमा १२ करोड २९ लाख ५० हजार, म्याग्देमा १७ करोड ३ लाख, शुक्लागण्डकी नगरमा २५ करोड ५४ लाख र रिसिङ गाउँपालिकाका लाभग्राहीका लागि ७ करोड ५४ लाख ५० हजार रुपैयाँ कार्यालयले निकासा गरेको जनाएको छ ।


भूकम्पबाट क्षति भएकामध्ये २ हजार ९ सय ४१ घर पुनर्निर्माण सम्पन्न भएको छ । व्यासमा ७ सय ३९, भानुमा ७ सय २०, बन्दीपुरमा २ सय ४१, आँबुखैरेनीमा ३ सय ३१, देवघाटमा ४२, घिरिङमा ५८, भिमाद नगरमा १ सय १२, म्याग्देमा २ सय ६०, शुक्लागण्डकीमा ३ सय ३४ र रिसिङ गाउँपालिकामा १ सय ४ घर निर्माण सम्पन्न भएको कार्यालयको तथ्यांकमा छ ।

सम्झना रसाइली
(प्रशिक्षार्थी)

प्रकाशित : चैत्र २२, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?