कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरकार लोकतन्त्रविरोधी : कांग्रेस नेता आचार्य

प्रकाश बराल

बागलुङ — कांग्रेस नेता महेश आचार्यले वर्तमान सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीलाई लगाएको प्रतिबन्धलाई लोकतन्त्रविरोधी संज्ञा दिएका छन् । जीपी कोइराला फाउन्डेशन बागलुङले शुक्रबार गरेको विचार गोष्ठीमा आएका आचार्यले राजनीतिक दललाई प्रतिबन्ध लगाउने कामबाट लोकतान्त्रिक मूल्यमान्यतामा चोट पुग्ने बताए ।

उनले एउटा दललाई लगाउन खोजेको प्रतिबन्ध सँगै अन्य धेरै मूल्यमान्यता पनि तोडिन सक्ने खतरा भएको टिप्पणी गरे । 'सशस्त्र द्वन्द्वको बेला माओवादी दर्ता गरेको पार्टी थिएन, तर गिरिजाप्रसाद कोइरालाले राजीनितिक व्यवहार गर्नु भएको थियो' आचार्यले भने, 'राजनीतिक रुपमै द्वन्द्वको समाधान गरेकोले देशमा शान्ति प्रक्रिया अगाडि बढेको हो ।' राज्यका क्रियाकलापबाट टाढिएको दललाई बिच्काएर नभई राजनीतिक छलफल र सहमतिबाटै शान्ति प्रक्रियामा ल्याउन उनले सुझाव पनि दिए ।

उनले कोइरालाको राजनीतिक योगदानको चर्चासमेत गरेका थिए । आन्दोलनको नेतृत्वदेखि २०६२/०६३ को आन्दोलनसम्म गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रको आधार नछाडेको बताए ।

प्रकाशित : चैत्र २२, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?