३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

'गण्डकी प्रदेश वायुपंखी घोडाझैं विकासमा जान्छ'

प्रकाश बराल

बागलुङ — गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको विकास वायुपंखी घोडाझैं दौडाउने बताएका छन् । बागलुङ कालिका मन्दिरमा आयोजित चैतेदसैं मेलाको उद्घाटन गर्दै पर्यटनको माध्यमबाट बढी आम्दानी गर्ने र विकासलाई तीव्रगतिमा दौडाउने प्रदेश सरकारको कार्यक्रम रहेको दाबी गरे ।

'अहिलेसम्म हामीले कानुन बनाउन समय खर्चेका थियौं, अब कार्यान्वयन र विकास निर्माणमा लगाउने भनेका छौं' लम्सालले भने, 'अबको विकासको गतिलाई कसैले रोक्न सक्दैन ।' उनले गण्डकी प्रदेश धार्मिक र साहसिक पर्यटनबाटै समृद्धिमा जान सक्ने बताए ।


गण्डकी प्रदेशका धेरै धार्मिकस्थलमा आएका पर्यटकलाई दालभात खुवाउने मात्र नभई एक/दुई दिन बसाल्ने योजना बनाउन सकियो भने व्यवसाय फस्टाउनेसमेत उनले बताए । 'बागलुङ कालिकालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर गन्तव्यमा सूचीकृत गरेको छ' लम्सालले भने, 'हरेक गन्तव्यलाई व्यवस्थापन गरेर बढी फाइदा लिनका लागि स्थानीय जाग्नुपर्छ ।' पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने उनले बताए ।


मन्त्री लम्सालले ढोरपाटन सिकार आरक्ष रहेको स्थानलाई पर्यटनको गन्तव्य बनाएर पर्यटक थप्न मन्त्रिपरिषद्‌को बैठकसमेत बस्ने योजना बनाइएको बताए । 'चालु वर्षकै कुनै क्याबिनेट बैठक ढोरपाटनमा बस्छ' उनले भने, 'देश विदेशमा प्रचार बढाएर पर्यटक भित्र्याउने योजना सरकारको छ ।' ढोरपाटनमा सुविधासम्पन्न होटलहरु बनाउनका लागि पनि सरकारले सहयोग गर्ने उनले आश्वासन दिए ।


प्रकाशित : चैत्र ३०, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?