रोकिराखेको ट्रकमा आगजनी

नारायण शर्मा

नवलपरासी — नेत्रविक्रम चन्द समूहले आयोजना गरेको बन्दका क्रममा महेन्द्रराजमार्गमा एक भारतीय ट्रकमा आगजनी गरिएको छ । कावासोती १६ डण्डा पथ्तरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी गरिएको हो । 

भारतको गुजरातबाट काठमाडौं जानका लागि आउँदै गरेको आरजे०२जीबी २८७० नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । ट्रकमा क्लिंकर थियो ।

आगलागीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ । ट्रकमा एसिडसमेत प्रयोग गरिएको थियो । जलेपछि पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ट्रकमा लागेको आगो निभाएको हो ।

प्रकाशित : वैशाख ५, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

गाउँपालिका कार्यालयमा बम विष्फोट, झ्याल-ढोका र उपकरणमा क्षति

माधव अर्याल

पाल्पा — जिल्लाको रिब्दीकोट गाउँपालिकामा बुधबार राति शक्तिशाली बम विस्फोट भएको छ । राति १ बजेर २५ मिनेट जाँदा रिब्दीकोट गाउँपालिका-४, खस्यौलीमा रहेको भवनको बाहिरपट्टी बम बिस्फोट भएको स्थानीय गणेशप्रसाद आचार्यले बताए । 

बम बिस्फोट हुँदा गाउँपालिकाको सेवाग्राहीका लागि निर्माण गरेको सेडको छाना, कार्यालयका झ्याल-ढोकाका सिसा, फोटोकपी, कम्प्युटरलगायतमा क्षति पुगेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए। बम कसले र किन पड्काएको भन्ने विषयमा प्रष्ट नभएको उनले बताए। प्रहरीले घटनास्थलको मचुल्का उठाएको छ। गाउँपालिकामा बम विष्फोट भएपछि स्थानीय त्रसित भएका छन्।

बिहीबार नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल बन्द घोषणा गरेकाले पनि सर्वसाधारणलाई आतंकित पार्न बम विष्फोट गराएको हुन सक्ने स्थानीयले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए। गाउँपालिका अध्यक्ष नारायण जीसीले गाउँपालिकाको सेवाग्राही प्रतिक्षालय, संगैको वडा नम्बर ३ कार्यालयमा बढी क्षति पुगेको बताए। कर्मचारी र प्रहरीले क्ष्ातिको विवरण संकलन गरेको उनले बताए।

प्रकाशित : वैशाख ५, २०७६ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्