२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पत्रकार गिरी रिहा

काठमाडौँ — विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन् ।

पत्रकार गिरी रिहा

उनी बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा सोमबार पक्राउ परेका थिए ।

उनलाई साइबर अपराध मुद्दामा कारबाहीका लागि भन्दै उजुरी दिइएपछी केन्द्रीय अनुसन्धान ब्युराको आग्रहमा कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । गिरीले गत शुक्रबार आफ्नो अखबारको अनलाइनमा जिल्ला प्रहरी कार्यालयमा बतास विरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए। जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेका छन् ।


यो पनि


प्रकाशित : वैशाख ५, २०७६ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?