भिमादमा शंकास्पद वस्तु फेला, बम हुन सक्ने आंशका 

प्रताप रानामगर

दमौली — तनहुँको भिमाद नगरपालिका कार्यालय अगाडि र भिमाद खानेपानी कार्यालयको आडैमा शुक्रबार बिहान शंकास्पद वस्तु फेला परेको छ । 

भिमादमा शंकास्पद वस्तु फेला, बम हुन सक्ने आंशका 

प्रेस कुकरमा तार बेरेर राखिएको उक्त वस्तु बम हुन सक्ने आशंका गरिएको छ । शंकास्पद वस्तु डिस्पोजल गर्न सेनाको टोलीलाई खबर गरेको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताए ।


प्रकाशित : वैशाख ६, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?