कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जंगली मौरीले टोक्दा तीनजना बेहोस 

प्रताप रानामगर

दमौली — तनहुँकाे ऋषिङ्ग ४ भीरकोट अधेरीमा घाँस दाउरा काट्ने क्रममा शनिबार जंगली मौरीले टोक्दा तीनजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय हिरालाल विक, टंकलाल विक र कमल विक रहेको स्थानीय दानबहादुर श्रेष्ठले बताए । तीनै जना बेहोस छन् ।


उनीहरुलाई उपचारका लागि पोखरा लैजाने तयारी भइरहेको छ । सँगै रहेका दिलबहादुर विक भने भागेर सुरक्षित भएको उनले बताए ।

प्रकाशित : वैशाख ७, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?