गोठमा आगो लाग्दा बालकको मृत्यु

बागलुङ — शनिबार बिहान ९ बजे गोठमा आगोलागी हुँदा यहाँ एक बालकको जलेर मृत्यु भएको छ । निसीखोला गाउँपालिका-२ छरछरेमा बिमल सुनारको गोठमा लागेको आगोले उनका ३ वर्षीय छोरा बिशालको जलेर मृत्यु भएको हो । 

बालबालिका मात्र घर भित्र रहेको अवस्थामा गोठमा अचानक आगो लागेको वडा अध्यक्ष कुविर बिकले बताए । स्थानीय आगो निभाउन आउँदा बालकको मृत्यु भइसकेको थियो ।


आगोले उनको गोठका सामान पनि जलेर नष्ट भएका छन् । घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिवाखोलाको टोलीले अनुसन्धान र क्षतिको विवरण संकलन गरेको बताएको छ ।

प्रकाशित : वैशाख ७, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?