१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्री शास्वतधाममा 

नारायण शर्मा

नवलपरासी — प्रधानमन्त्री केपी ओलीले दुम्कौलीमा रहेको शास्वतधाम भ्रमण गरेका छन् । उनले त्यहाँ रहेको एकाम्बरेश्वर मन्दिरमा विशेष पूजाअर्चना गरे । शनिबार दिउँसो हेलिकप्टरबाट यहाँ आएका प्रधानमन्त्री ओलीले शाश्वतधाममा रहेको धार्मिक संग्रहालयसमेत अवलोकन गरेका थिए ।

प्रधानमन्त्री शास्वतधाममा 

उद्योगपति विनोद चौधरीले १४ वर्ष समय लगाएर दक्षिण भारतीय खजुराव शैलीमा निर्माण गरेको आकर्षक र भव्य कलात्मक मन्दिरबाट आफू निकै मन्त्रमुग्ध भएको सुनाए । उनले सफल मान्छे हरेक विषयमा सफल हुन्छ भन्ने ज्वलन्त उदाहरण शास्वतधाम भएको भन्दै विनोद चौधरीको प्रशंसा गरेका थिए ।



पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा जिल्ला सदरमुकाममा रहने कार्यालयको शिलान्यास गर्न आएको मौकामा प्रधानमन्त्रीले शास्वतधामको अवलोकन गरेका हुन् । दुम्कौलिमा दक्षिणतर्फको ७ बिगाह क्षेत्रफलमा शास्वतधाम रहेको छ । कलात्मक शैली, पानीको फोहरा र भव्य पार्कसहितको मन्दिरमा प्रधानमन्त्रीले सवा एक घण्टा बिताएका थिए ।

कृत्रिम हातखुट्टा जडान स्थायी केन्द्रको उद्घाटन

शास्वतधाममा आएको मौकामा प्रधानमन्त्रीले चौधरी फाउन्डेशनद्वारा सञ्चालित कृत्रिम हातखुट्टा जडान स्थायी केन्द्रको उद्घाटन गरेका छन । चौधरी फाउन्डेशनले नेपालभरी विभिन्न कारणले हातखुट्टा गुमाएका व्यक्तिलाई नि:शुल्क कृत्रिम हातखुट्टा जडान गरेर सेवा दिँदै आएको छ । अघिल्लो महिना काठमाडौंको नर्भिक अस्पताल र गैंडाकोटको सहज सामुदायिक अस्पतालमा आयोजित ४५ दिने शिविरमा देशका विभिन्न क्षेत्रका ५ सय जनालाई कृत्रिम हातखुट्टा जडान गरेको थियो ।

प्रकाशित : वैशाख ७, २०७६ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?