१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सुन चोरी आरोपमा भारतीय नागरिक पक्राउ 

स्याङ्जा — सुन चोरीको आरोपमा जिल्ला प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चापाकोट नगरपालिका-५ आमडाँडाकी ईन्द्रकुमारी मानन्धरको २ तोलाको सुनको सिक्री रसायन प्रयोग गरी सफा गरी दिने भन्दै सुनको मात्रा लगेको आरोपमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेमा भारत देश झारखण्ड प्रदेश गोड्डा जिल्ला मागहमा थाना-४ का ३८ बषिर्य तेवारी साह र सोही ठाउँका ३३ बषिर्य असर्फी साह रहेको जिल्ला प्रहरी प्रवत्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए । रसायनिक पदार्थ र ठगी लगेको सुनको मात्रासहित पक्राउ गरिएको भण्डारीले बताए । उनीहरुलाई प्रहरीकोमा ठगी मुद्दामा जाहेरीसमेत पर्न आएकोले ठगी शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी ३ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भैरेहको उनले जानकारी दिए ।

प्रकाशित : वैशाख १०, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?