१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चन्द समूहका २ कार्यकर्ताले गरे आत्मसर्मपण

नारायण शर्मा

नवलपरासी — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका २ जिल्ला सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् । दुई सातादेखि जिल्ला प्रहरीको नियन्त्रणमा रहेका दीपककुमार घर्ती र पारसमणि गौतमले मंगलबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागसहित प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसमक्ष आत्मसर्मण गरेका हुन् ।

चन्द समूहका २ कार्यकर्ताले गरे आत्मसर्मपण

दुवै जनालाई सत्तारुढ नेकपा पूर्वी नवलपरासीका नेताको जिम्मामा घर पुर्‍याइएको छ ।


चन्द समूहका जिल्ला नेतृत्वले सत्तारुढ नेकपाका जिल्ला नेताले सुराकी गरी पक्राउ गराएको र उनीहरुकै दबाबमा रिहा गराउने नाटक रचेको आरोप लगाएका छन् । आत्मसमर्पण गर्ने दुवै जना देबचुली नगरपालिका निवासी हुन् ।


चन्द समूहकै धनबहादुर मर्दनियालाई पनि प्रहरीले २७ दिनको हिरासत बसाइपछि आइतबार रिहा गरेको थियो ।


प्रकाशित : वैशाख १०, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?