विद्यालयमा भूकम्पमापन यन्त्र

पर्वत — गएको ४ वर्षयता भूकम्प भन्ने बित्तिकै सामान्य बुझ्ने बालकदेखि बृद्धसम्मलाई तर्साउने गरेको छ । २०७२ बैशाख १२ को भूकम्पपछि पटकपटकका पराकम्पले हरेक जसो नेपाली भूकम्पबारे जानकार भइसकेका छन् । त्यहि भूकम्प गएको जानकारी दिने यन्त्र पर्वतमा पहिलोपटक जडान गर्न थालिएको छ ।

विद्यालयमा भूकम्पमापन यन्त्र

कुश्माको गुरुकुल एकेडेमीमा विद्यार्थी, विद्यालय र समुदायलाईसमेत भूकम्पबाट सुरक्षित बनाउने उद्देश्यसाथ भूकम्पमापन यन्त्र जडान गर्न लागिएको हो । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम, नेपालले स्विजरल्यान्डको लुजान विश्वविद्यालयको सहयोगमा यन्त्र जडानको तयारी गरेको हो ।

उक्त विश्वविद्यालयमा भूकम्प र भौगर्भिक विषयमा विद्यावारिधीको शोधकर्ता शिब सुबेदीले भूकम्पमापन यन्त्र जडान गरिरहेका हुन । ‘बिशेषगरि ससाना विद्यार्थीलाई सिकाउन यन्त्र जडान गरिएको हो,’ सुबेदीले भने, ‘भूकम्पबारे बिस्तृत जानकारी लिन चाहनेहरूका लागि यो यन्त्रले धेरै सिकाउँछ । एरियल डिस्टेन्स अनुसार मापन गर्ने भएकोले पर्वतदेखि तनहुँ र ढोरपाटनसम्मको भाइब्रेसन यसले मापन गर्छ ।’

जमिनमुनी बिशेष सुरक्षासाथ जडान गरिने यो यन्त्र रहेको ४० किलोमिटर दुरीमा जमिनको हलचल पत्ता लगाउँछ । जमिन हल्लिएको, चर्किएको, ठुलो आवाज लगायतका सबै फ्रतिक्रिया यसले दिन्छ । कार्यत्रमले चितवनसहित गण्डकी र ५ नम्बर प्रदेशका २३ विद्यालयमा यन्त्र जडान थालेको हो ।

सुवेदीका अनुसार कम्प्यूटरमा जमिनको कम्पन प्रत्यक्ष आँखाले हेर्न सकिन्छ । कम्प्यूटरमा देखिएको कम्पनको दृश्यलाई मापन गरेर भूकम्प सानो–ठुलो र गति पत्ता लगाउन सकिन्छ । ‘यतिउति रेक्टरस्केलको भन्ने कुरा सामान्य प्राविधिक ज्ञान भएपछि मात्रै भन्न सकिन्छ,’ सुबेदीले भने, ‘त्यसको जानकारी शिक्षकलाई दिन्छौं ।’

भूकम्पको बढी जोखिमयुक्त जापानको समुद्रमा यस्ता सयौं यन्त्र जडान भएको र उनिहरूले समुद्रमा पानी हल्लिनासाथ त्यसको जानकारी बिभिन्न शहरमा पठाउने भएकोले त्यहाँ भूकम्पको केहि सेकेण्डअघि जानकारी हुने उनले जनाए । ‘समुद्रमा पानीको कम्पन भएको केहि मिनेटमा बस्तीमा भूकम्प जान्छ,’ सुबेदीले भने, ‘यो उपकरणले पानी हल्लेको १५ सेकेण्डभित्रै सूचना पठाउने भएकोले जापानमा भूकम्पको पुर्वसूचना दिने भनिएको हो ।’ पुर्वसूचना दिने उपकरण हालसम्म विकास नभएको उनले दाबी गरे ।

शिक्षक उज्जल अधिकारीका अनुसार विद्यालयले भूकम्पबारे सर्वसाधारण र विद्यार्थीलाई जानकारी दिन उपकरण ल्याइएको हो । यो यन्त्रबाट भूकम्प जाँदा, भू–क्षय हुँदा, जमिनभित्र कुनै हलचल हुँदाको अवस्था अवलोकन गर्न सकिने उनले बताए ।

म्याग्दीमा पनि जडान
म्याग्दी– विद्यालयमा भुकम्प शिक्षा कार्यक्रम अर्न्तगत विभिन्न विद्यालयमा भुकम्पनापन यन्क्र (सेस्मो मिटर) जडान गरिएको छ । स्वीजरल्याण्डको लुजान विश्वविद्यालयको सहयोगमा कार्यत्रमले चितवनसहित गण्डकी र ५ नम्बर प्रदेशका विभिन्न २३ विद्यालयमा यन्त्र जडान थालेको हो ।

यन्त्रजडित विद्यालयले वरपरका विद्यालयका विद्यार्थीलाई भुकम्प कसरी जान्छ, कस्ता असर हुन्छ, नाप कसरी लिने, इपिसेन्टर पत्ता लगाउने, कति म्याग्नेच्युट पत्ता लगाउने समेत सेम्मोलोजी सम्बन्धी आधारभुत जानकारी गराउने प्रावधान छ । ‘भुकम्प कहिले आउँछ भन्ने जानकारी दिने (अर्ली वार्निङ) उपकरण होईन, भुकम्पनापन गर्ने उपकरण हो ।

भुकम्प बुझ्न भुकम्प शिक्षा विद्यालयमा पुर्‍याउन खोजेका हौं’ लुजानमा सोस्मोलोजीमा विद्यावारिधी गरिरहेका शिव सुवेदीले भने, ‘गोर्खादेखि पश्चिमको क्षेत्रमा ५ सय वर्षयता ठूलो भूकम्पको जोखिम छ । भुकम्पबाट भाग्न सकिन्न तर सुरक्षा सर्तकता अपनाउन सकिन्छ ।’

भुकम्पप्रतिको प्रयाप्त जानकारीले सावधानी तथा पूर्व तयारी गर्न भुकम्प सम्बन्धी डाटाले महत्वपूर्ण योगदान पुर्‍याउने भएकोले विद्यालयमा उपकरण राख्न थालिउको हो । सुवेदीका अनुसार जडित उपकरणले २५ किमी हवाई दुरीसम्म केन्द्रविन्दु भएर जाने १ म्याग्नेच्युट माथीका भुकम्पको मापन गर्नेछ ।


सडकको पहुँदेखी टाढा रहेका २४ सैं घन्टा विद्युत र इन्टरनेट उपलब्ध भएका विद्यालयमा यस्तो उपकरण जोडिएको हो । पहिलो चरणमा पर्वतको ग्रामप्रकाश मावि लेकफाँट, म्याग्दी सदरमुकामलाई सहज हुने गरी पर्वतको बेनीबजार स्थित न्यू होराईजन मावि, पर्वत गुरुकुल एकेडेमी कुस्मा, म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ्गस्थित जनप्रीय मावि, बाग्लुङ्गको गल्कोटस्थित एकताआवसीयमावि र मुस्ताङ्गको जोमसोमस्थित जनहित माविमा उपकरण जोड्ने काम सुरु भएको छ । क्रमशः अन्य जिल्लाका छानिएका विद्यालयमा उपकरण जडान हुने कार्यक्रमले जनाएको छ ।

प्रकाशित : वैशाख १५, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?