कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चन्द समूहका जिल्ला सदस्य पक्राउ

नारायण शर्मा

नवलपरासी — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपुरका जिल्ला सदस्य धनबहादुर कुमाललाई प्रहरीले प्रकाउ गरेको छ।

चन्द समूहका जिल्ला सदस्य पक्राउ

शनिबार बिहान जिल्ला प्रहरी कार्यालय नवलपुर र सशस्त्र प्रहरी बल चोरमाराको टोलीले कुमाललाई प्रकाउ गरेको हो ।

४९ वर्षीय कुमाललाई मध्यबिन्दु–९ बसन्तपुरको आफ्नै घरबाट बिहान ९ बजेको समयमा प्रकाउ गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै नवलपुर प्रहरीले विप्लव नेतृत्वका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । यस अघि पक्राउ परेका दुई जिल्ला तहका नेता रिहा भइसकेका छन्।

प्रकाशित : वैशाख २१, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?