१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भ्यानबाट खसेर बालकको मृत्यु

प्रकाश बराल

बागलुङ — पिकअप भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ । अर्का एक बालक सख्त घाइते छन् । निसीखोला ३ को बोहरागाउँमा लु १ च ६७५२ नम्बरको उक्त भ्यानबाट स्थानीय १२ वर्षीय लघु सुनारको मृत्यु भएको प्रहरीले बतायो ।

घटनामा १२ वर्षकै विष्णु सुनार सख्त घाइते छन् । उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।


तीव्रगतिको उक्त भ्यान स्पिड ब्रेकरमा उफ्रिँदा दुवै बालक खसेका थिए । घाइते भएका दुवैलाई उपचारका लागि बुर्तीबाङ ल्याउने क्रममा लघुको मृत्यु भएको हो । घटनापछि इलाका प्रहरी कार्यालय बुर्तीवाङले भ्यान र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित : वैशाख २५, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?