१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

५ वर्षपछि काममा फर्किए ठेकेदार

२०६८ सालमा ठेक्का सम्झौता भएको पुल २०७० असार २८ मा निर्माण पूरा हुनुपर्ने थियो । पुल लथालिङ्गै अवस्थामा भएकाले बारम्बारको ताकेतापछि ठेकेदार कम्पनी रायमाझी इसान जेभी काममा फर्किएको छ ।

गोरखा र पोखरा — यहाँको एक मोटरेबल पुल अलपत्र छाडेर भागेका ठेकेदार ५ वर्षपछि काममा फर्किएका छन् । आरुघाट गाउँपालिका–४ थुमिस्थित सोती खोलामाथिको पुल निर्माणको जिम्मा रायमाझी इसान जेभीले पाएको थियो । 

५ वर्षपछि काममा फर्किए ठेकेदार

२०६८ सालमा ठेक्का सम्झौता भएको पुल २०७० असार २८ मा निर्माण पुरा हुर्ने थियो । पुरा गर्नुपर्ने मिति गुज्रदा पुलको काम अहिलेसम्म लथालिङ्गै छ । वारम्वारको ताकेतापछि ठेकेदार कम्पनी काममा फर्किएको एघार किलो छेवेटार भालुस्वांरा सडक कार्यालयका इन्जिनियर राजेश यादवले बताए ।


‘करिव ५० प्रतिशत काम सकिएको छ,’ उनले भने ‘काम नगर्ने भए ठेक्का तोडेर कारवाही प्रक्रिया अघि बढाउँछौं भनेपछि निर्माण सामग्री झार्न थालेको छ, कामदार पनि छन् ।’ निर्धारित समयमा निर्माण पुरा नहुदाँ २०७२ को भूकम्प र त्यसपछिको वाढीले वनेका संरचना पनि पुरिएका छन । निर्माण भएको फाउण्डेसनको ६–७ मिटर भूकम्पपछिको वाढीले पुरेको कार्यालयले जनाएको छ । ‘पुरेको संरचना झिक्ने काम भइरहेको छ,’ उनले भने ।


२५ मिटर लम्वाइको पुल २ करोड १० लाखमा ठेक्का लागेकोमा ९९ लाख ठेकेदार कम्पनीले भुक्तानी लगिसकेको छ । ‘समयमै सम्पन्न नगरेकाले जरिवाना तिराएर काममा लगाउने तयारीमा छौँ,’ यादवले भने । पहिलेकै ठेक्का रकममा ठेकेदारलाई काम गर्न भनिएको छ ।


उत्तरी गोरखा जाने एकमात्र सडकमा पर्ने पुल निर्माण नहुदाँ स्थानीयले सास्ती भोग्दै आएका छन् । ठेकेदार कम्पनीले ५ वर्ष अघि झारेको निर्माण सामाग्री पनि खोला किनारमा लथालिङ्ग वनेका थिए । आगामी आर्थिक वर्षमा निर्माण सक्ने ठेकेदार कम्पनीका डाइरेक्टर भरत रायमाझीले बताए । ‘सडक कार्यालयको आदेशपछि काम शुरु गरिसकेको छु,’ उनले भने, ‘पुरिएको भाग निकालेर रड वाँध्न शुरु भएको छ । यो वर्ष आधारभूत संरचना बनाएर आगामी आवको २ महिना भित्र ढलान सक्ने योजनामा छु ।’ भूकम्पले वनेका संरचनमा पुर्दा काम गर्न नसकेको उनको दावी छ ।


पुन नबने यो वर्षायाममा पनि सोती कटेर सवारी चल्न नसक्ने भन्दै स्थानीयले भने चिन्ता जनाए । तिब्बतको सिमाना लार्के जोड्न नेपाली सेनाले ट्रयाक खोलिरहेको छ । ‘भूइचालोले संरचना पुरेपछि डिजाइन चेन्ज गर्ने कुरो पनि भएको थियो, अहिले फेरी पुरानै नक्सा कायम हुने सुनेका छौँ,’ स्थानीय गारे गुरुङले भने, ‘कामदार बढाएर भएपनि काम चाडो सक्नुपर्छ, खोला बढेमा गाडी चल्दैनन ।’


अहिले माछाखोलासम्म सवारी आउजाउ गर्न सक्ने भएपछि उत्तरी गोरखाका स्थानीयको पैदल दुरी छोट्टिएको छ । ‘ठेकेदारको ढिलाई, सडक कार्यालयको वेवास्ताले काम नभएको हो,’ गुम्दाका इन्द्र गुरुङले भने, ‘एउटा पुल नवन्दा कति गारो भएको छ, । हिउदमा जसोतसो गाडी चलेपनि वर्षामा ठप्प हुन्छन ।’ पुल निर्माण भए उत्तरी गोरखाको धार्चे र चुमनुव्री गाउँपालिकाबासी प्रत्यक्ष लाभान्वित हुनेछन् । जसरी हुन्छ पुल चााडो बन्नुपर्छ भन्ने स्थानीयको माग छ । स्थानीयले अव पनि कुनै बहानामा काम नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

निर्माणमा प्रतिबद्धता

पोखरा– गत असोजमा प्रदेश सांसद र गाउँपालिका अध्यक्षको रोहबरमा निर्माण कम्पनीले प्रतिवद्धता जनायो, ‘आजसम्म जे भयोभयो, अव २०७६ असार मसान्तसम्ममा पुल निर्माण सकेर हस्तान्तरण गर्छु । समय दिनुपर्‍यो ।’ ०७५ पुससम्म एउटा स्पान र चैत मसान्तसम्म अर्को स्पान बनाएर असारभित्र पुल हस्तान्तरण गर्ने लिखित सम्झौतामा छ ।


विडम्बना, प्रतिबद्धता जनाएको ८ महिना पुगे पनि अझै एउटै स्पान बनेको छैन । मृतसंजीवनी निर्माण सेवा हेटौडाको लापारवाही र ढिलासुस्तीले स्थानीयबासीले सास्ती खेप्नुपरेको छ । कास्कीको मादी गाउँपालिका ७ र ३ वडा जोड्ने ज्याम्दुस्थित मादी नदीमाथि २०७४ असार मसान्तभित्रै पुल बनिसक्नु पर्थ्यो । तर अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन ।


वाँयातर्फको स्पान बनाउने तयारी भए पनि वर्षायाम सुरु भएकाले त्यो सकिने निश्चित छैन । ‘पुल हस्तान्तरण गर्छु भनेको समयमा एउटा स्पान पनि बन्ने निश्चित भएन,’ मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ भन्छन, ‘लिखित प्रतिवद्धता जनाए पनि हामीलाई धोका दिइयो असार मसान्तभित्र सक्छु भनेर लिखित कागज गरे पनि बदमासी गरेर धुरुक्क रुवायो ।’ बनाउन लागेको स्पान पनि खोलामा बाढी आए बगाउने खतरा रहेको भन्दै उनले निर्माण कम्पनीले विभिन्न बहानामा स्थानीयमाथि खेलवाड गरेको आरोप लगाए ।


उक्त स्थानमा पुल निर्माणका लागि तत्कालिन जिल्ला बिकास समिति, जिल्ला प्राविधिक कार्यालय र संजीवनीवीच २०७४ असार मसान्तभित्र सक्नेगरी २०७२ चैत २१ मा सम्झौता भएको थियो । प्रिस्ट्रेस प्रकृतिको पुलका लागि ८ करोड, ६ लाख ९७ हजार रुपैयाँ सम्झौता भएको हो ।


निर्माण सक्ने अवधिभित्र काम पनि नथालेपछि आगामी असारसम्मको म्याद थपिएको थियो । थपिएको अवधिमा काम सक्ने छाँटकाँट नदेखिएपछि प्रदेश सांसद मनबहादुर गुरुङ र गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले चासो देखाउँदै गत असोजमा समयमै काम सक्ने लिखित प्रतिवद्धता गराएका थिए तर दैनिकजसो चासो देखाए पनि समयमै पुल नबन्ने निश्चित भएको सांसद गुरुङले बताए । ‘ढिलासुस्ती गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्छ’ उनले भने, ‘अब हामी सहन सक्दैनौ ।’ ४०/४० मिटरका दुई स्पान गरी ८० मिटर लामो र दुवैतर्फ फुटपाथसहित ७ दशमलव २ मिटर चौडाइको पुल बन्ने हो ।


गाउँपालिका अध्यक्ष गुरुङका अनुसार समयमै पुल नबन्दा ग्रामीण पर्यटकीय गाउँ ताङतिङलगायत जान असहज भएको छ । साथै उक्त क्षेत्रमा निर्माणाधीन ३ जलविद्युत आयोजनाका लागि निर्माण सामाग्री ढुवानी र अन्य काम प्रभावित भएको उनले बताए । ‘समयमै पुल बनेर सहज होला भनेको अझै कति समय सास्ती व्यहोर्नुपर्ने हो’ उनले भने, ‘ठेकदारसंगको सम्झौता रद्ध गरी अर्कोलाई दिदा पनि समस्या । उसैलाई म्याद थप्दा पनि समयमा काम हुन सकेन ।’


गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गत पूर्वाधार बिकास कार्यालय कास्कीका प्रमुख नारायणप्रसाद बरालले निर्माण व्यवसायीकै ढिलासुस्तीले यो अवस्था आएको बताए । ‘थपिएको म्यादभित्र पुल नबने हर्जाना तिराउनुको बिकल्प छैन,’ उनले भने, ‘अहिलेकै गतिले समयमै काम सम्पन्न नहुने निश्चिछ छ ।’ समयमै निर्माण नसके व्यवसायीबाट सम्झौता रकमको ०.०५ प्रतिशत् दैनिक जरीवाना लिन सकिने कानुनी व्यवस्था छ ।


निर्माण कम्पनीका इन्जिनियर दिवस उप्रतेलीले बेरिङ, डक्ट पाइपलगायत सामान ल्याउन ढिलाइले गर्दा पुल समयमा नबनेको बताए । ‘पूर्वाधार बिकास कार्यालयले बेरिङको डिजाइन दिन पनि ढिला गर्‍यो । सामान आउन पनि ढिलाइ भयो,’ उनले भने, ‘एक महिनाभित्र एउटा स्पानको काम सक्छौं । अर्को पनि केही समयमै सक्नेछौं ।’

प्रकाशित : वैशाख २८, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?