मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रतीक्षा काफ्ले

स्याङ्जा — वालिङ् नगरपालिका-१ रामबाच्छामा शनिबार राति माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ।

वालिङ् बजारबाट भीरकोट नगरपालिका आउँदै गरेको ग ३ प ५५७१ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुदाँ मोटरसाइकल चालक भीरकोट नगरपालिका-२ का ४७ वर्षीय झलबहादुर गुरुङकाे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।


घाइते भएका गुरुङकाे उपचारका लागि वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । अस्पतालमै डाक्टरले मृत्त घोषणा गरेको भण्डारीले बताए । डीएसपी भण्डारीका अनुसार दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । प्रहरी घटनास्थलमा नै रहेको र अनुसन्धान जारी रहेको उनले बताए ।

प्रकाशित : वैशाख २९, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?