नगरका सडक धमाधम कालोपत्रे

नगरपालिकाले बजेट विनियोजन गरी अघि बढाएको १६ सडकमध्ये ७ वटा निर्माण सकिएको छ
आश गुरुङ

लमजुङ — दुई वर्ष अघिसम्म बेंसीसहरको मूल सडकबाहेक अन्य सडक पक्की थिएन । मनाङे चौतारादेखि शेरासम्मको करीब १ किलोमिटर सडकमात्रै कालोपत्रे थियो ।

नगरका सडक धमाधम कालोपत्रे
कुन्छाबाट २०२८ मा सदरमुकाम सारिएसंगै बेंसीसहरमा बस्ती बस्न थालेको हो । तनहुँको डुम्रेबाट बेंसीसहरसम्म २०५४ सालतिर सडक कालोपत्रे भएपछि बजारमा घर निर्माणले गति लिन थाल्यो । त्यसअघि र पछि बनेका भित्री सडकहरू २ दशकपछि कालोपक्रे र ढलान हुन थालेका छन् ।


डेढ दशकअघि बेंसीसहरको चत्रपथ निर्माणका लागि अध्ययन गरिएपनि यसले पूर्णता भने पाउन सकेको छैन । तर, बजार भित्रका सवै सडक कालोपक्रे र ढलान हुने त्रममा रहेको बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए । ‘बर्खायामको हिलो र हिउँदको धुलोले जनता हैरान भए । गतबर्षदेखि सडक स्तरोन्नति थालेका छौं । अब जनताले धुलोमैलो खानु पर्दैन ।’


गएका बर्ष ६ वटा सडक कालोपत्रे तथा ढलान गरिएकोमा यसबर्ष २४ सडकमा काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बजेट विनियोजन गरी अघि बढाएको १६ सडकमध्ये ७ वटा निर्माण सकिएको छ । सहरी विकास मन्त्रालयमार्फत ८ सडक कालोपत्रेको काम भइरहेको नगरपालिकाका योजना शाखाका अधिकृत शम्भूप्रसाद घिमिरेले बताए । उनका अनुसार

योजना सकिएका केही झुक्तानीका त्रममा छन् ।


केही सकिने क्रममा छन् । निर्माणाधिन सडक जेठ १५ भित्र सकिने उनले दावी गरे । बेंसीसहर नगरपालिका ७ र ८ मा पर्ने बजार क्षेत्रका घनावस्तीमा स्थानीयलाई मध्यनजर राखेर सडक कालोपत्रे तथा ढलान गरिएको नगरपालिकाले जनाएको छ । इन्जिनियर शर्मिला श्रेष्ठले नगरपालिकाले स्थानीय सरकारको ६० प्रतिशत र स्थानीयको ४० प्रतिशत लगानीमा कालोपत्रे गरेको हो । सहरी विकास मन्त्रालयले निर्माण गर्दै गरेको सडकमा स्थानीयको लागत सहभागिता छैन ।


नगरपालिकाले चालु आर्थिक बर्षमा सडक कालोपत्रे तथा ढलानको लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सहरी विकास मन्त्रालयले ७ करोड रुपैयाँ बजेट छुट्याएको छ ।


नगरप्रमुख अर्यालले बजार क्षेत्रको सडक कालोपत्रे भएपछि नगरपालिकाभित्र पर्ने ग्रामीण सडक कालोपत्रे गर्ने योजना बनाएको बताए । ‘हामीले यसबर्ष बजारका सडक कालोपत्रे गर्छौं, ढलान गर्छौं । अर्को बर्षदेखि ग्रामीण भेगको सडक कालोपत्रे गर्न सुरु गर्छौं’ उनले भने । उनका अनुसार अब बेंसीसहरका वासिन्दा धुलो र हिलोमा हिँड्न पर्ने छैन । ‘सडकको हिलो र धुलो भान्सासम्मै पुग्ने अवस्था थियो ।


बिग्रिएका, भत्किएका सडक बनेका छन् । कच्ची बाटो पक्की भएका छन्’ उनले भने । उनले भित्री सडकको निर्माण पूरा भएपछि चक्रपथ सडक निर्माण गरिने बताए । ‘चक्रपथका लागि आधा सडक कालोपत्रे भइसकेका छन् । केही सडक बाँकी छन् । यसलाई पनि पूरा गर्ने जमर्कोमा लाग्नेछौं’ उनले भने । उनले सडक नै विकासको पहिलो मेरुदण्ड भएकाले सडकबाटै समृद्धिको सुरुवात गरिने बताए ।


उनले बेंसीसहर बीच बजारको सडक डुम्रे–बेंसीसहर–चामे खण्डमा पर्ने र सडक कार्यालय दमौलीमार्फत मर्मत कार्यान्वयन हुने बताए । ‘हामीले चाहेर पनि बेंसीसहरको बीच भागको सडकका लागि बजेट छुट्याउन सक्दैनौं । जनताले सडक मर्मत किन भएन भनेर सोधेका छन् । सम्बन्धित निकायमा खबर पुर्‍याएका छौं’ उनले भने, ‘नगरपालिकाले बजेट विनियोजन गरेर हुने भए सुरुमै उक्त सडक बनिसक्थ्यो ।’

प्रकाशित : वैशाख ३०, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?