कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्वास्थ्य केन्द्रमा शल्यक्रिया

बागलुङ — सीमित स्रोतसाधन र जनशत्तिका बाबाजुद जिल्लाको पश्चिम क्षेक्रको बुर्तिबाङ स्वास्थ्य केन्द्रमा नियमित सुत्केरी शल्यत्रिया सेवा सञ्चालनमा छ  । चार चिकित्सकसहितका स्वास्थ्यकर्मीले नियमित शल्यक्रियाको सेवा दिएका हुन्  ।

‘हामीलाई अपरेशन गर्नै पर्ने बाध्यता होइन, तर आएका बिरामीलाई टाढा पठाउन चाहेका छैनौं,’ केन्द्र प्रमुख डा कृष्णहरि श्रेष्ठले भने, ‘टाढा पठाएमा बिरामीले हजारौं खर्चनुपर्ने बाध्यता छ ।’

सुत्केरी गराउनु पर्ने अपरेसन सेवा नियमित दिएको उनले बताए । जटील प्रकृतिका सुत्केरी पनि यही गराउने केन्द्रले जनाएको छ ।

दैनिक एक सय बढी बिरामी आउने केन्द्रबाट रिफर भएमा पाल्पा वा पोखरा जानुपर्छ । त्यसका लागि बिरामीले कम्तिमा १० हजार खर्चनुपर्ने बाध्यता छ ।

‘सामान्य समस्या भएपनि बिरामीले धेरै खर्च र दुःख पाउन नपारोस भनेर सेवा थालेका हौं’ चिकित्सक दिलिप कोजले भने, ‘केही समय दक्ष प्रसुतीकर्मीको अभावमा रोकिएको सेवा संचालन गरेका र्हौ ।’

केही वर्षअघि अपरेशन सेवा दिएको यो केन्द्रमा डाक्टर अभावमा काम रोकिएको थियो । केन्द्रमा कम्तीमा २ स्टाफ नर्स र ४ सहायकस्तरका स्वास्थ्यकर्मी आवस्यक भएको श्रेष्ठले बताए ।

‘यहीं डाक्टर भएकोले ज्यान बचाएर बच्चा जन्माउन पाएँ,’ ढोरपाटन नगरपालिका ९ सुपुरदुङकी २७ वर्षीया अमृता पुनले भनिन्, ‘यहाँ नभएको भए पाल्पा पुग्नुपर्ने बाध्यता थियो ।’ उल्टो र म्याद काटेकोले अपरेशन गर्नुपर्ने भएपछि उनलाई अन्यत्र नजान सल्लाह दिँदै केन्द्रमै अपरेशन गराइएको थियो ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?