कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

च्याउ खाँदा बालकको मृत्यु

लमजुङ — च्याउ खाएर बिरामी पर्दा क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ लौबारीका १० बर्षीय साजन क्षेत्रीको मृत्यु भएको छ । स्थानीयका अनुसार आमा तारा क्षेत्री र बुवा रामबहादुर क्षेत्री उपचारका लागि पोखरा गएको बेला छोरा साजन छिमेकी सुलबहादुर क्षेत्रीको घरमा बस्न लगाइएको थियो । 

सुलबहादुर र उनकी पत्नि सरिताले शुक्रबार गाउँ नजिकैको जंगलबाट च्याउ टिपेर ल्याएको र बेलुकी पकाएर खाएका थिए । च्याउ खाएका सबै शुक्रबार राति बिरामी परेपछि गाउँलेले उनीहरुलाई उपचारका लागि पोखरा पुर्‍याएका थिए । सुलबहादुर र सरिता साथै गम्भीर भएका उनीहरुका छोरा १२ बर्षीय मनतोष र छिमेकीका छोरा साजनलाई फेवासिटी अस्पतालमा पुर्‍याइएको थियो ।


अस्पतालले ४ जनालाई काठमाडौं रिफर गरेपछि सोमबार काठमाडौंस्थित नेशनल लाइफ हस्पिटलमा भर्ना भएका थिए । उपचारमा खटिएका डाक्टरले साजनको उपचार सम्भव नभएपछि गाउँ फर्काएकोमा मंगलबार दिउँसो उनको मृत्यु भएको वडाअध्यक्ष नन्दजंग गुरुङले बताए । साजन गिलुङस्थित बुद्धोदय मावि कक्षा ५ मा पढ्थे ।


मनतोषको अवस्था चिन्ताजनक रहेको अध्यक्ष गुरुङले बताए । मन्तोष कक्षा ७ मा पढ्छन् । सुलबहादुर र सरिताको अवस्था भने सामान्य अवस्थामा रहेको बुझिएको गुरुङले बताए ।


उपचारमा संलग्न डाक्टरले च्याउ विषालु परेका कारण उनीहरु बिरामी भएको गाउँलेले बताएका छन् । घटनाबारे प्रहरीमा जानकारी आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी यादव ढकालले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?