कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेकपाका नेताद्वारा नगरपालिकामा तालाबन्दी

बागलुङ — नेकपाका जिल्ला नेता कृष्ण पाठकले बागलुङ नगरपालिकामा तालाबन्दी गरेका छन्  । नगरपालिकाभित्र भ्रष्ट्राचार, लापरबाही, ढिलासुस्ती र अटेरी प्रवृत्ति मौलाएको भन्दै उनले बुधवार बिहान १० बजे नगरप्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरको कार्यकक्षमा ताला लगाएका हुन्  ।

नगर प्रमुखले कार्यपालिका सदस्यले उठाएका बिषयलाई समेत बेवास्ता गरेको टिप्पणी भइरहेको थियो । ‘बैठकमा के के भयो थाहा भएन, पार्टीको बैठकमा सोधिएका स्पष्टीकरणलाई समेत उहाँले कुल्चेकाले ताला लगाएर ध्यानाकर्षण गराएका हौं’ पाठकले भने, ‘पार्टीको टिकट पाएर मेयर भएकोले पार्टीले सुशासन र पारदर्शीताको बारेमा उठाएको जिज्ञासा समेत बेवास्ता गरियो ।’

पटकपटक उठेका जिज्ञासामा वेवास्ता गरेपछि मंगलवार जिल्ला तहका नेतृत्वले बैठकमा बोलाउँदा पनि पौडेल नगएको आरोप पाठकले लगाए । पाठक साविक एमाले बागलुङका उपाध्यक्ष र हाल नेकपा जिल्ला संयन्त्र सदस्य हुन ।‘नगरपालिका भ्रष्ट्राचारको दलदलमा फसेको छ, सुधार्ने भन्दा बढाउन मेयर लाग्नुभयो’ पाठकले भने, ‘आम नगरबासी आएर आन्दोलन गर्ने दिन नआओस भनेर सच्चिने मौका दिएको हुँ ।’

नगरपालिकाको बिकासमा आएको करोडौ रकम नियमबस फिर्ता गराइएको, जनहितका काममा भन्दा व्यक्तिगत फाइदाका काममा लागेको लगायत आरोप समेत उनले लगाए । दिउँसो १ बजे निमित्त प्रमुख प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी र पौडेलका निजी सचिव ऋषिराम गौतमको उपस्थितिमा ताला फोडिएको छ ।

‘तालाबन्दीको बिषयमा पछि छलफल गर्ने गरी ताला फोडेका छौं’ गौतमले भने, ‘आँफू फर्केपछि छलफल गर्ने मेयरसापले भन्नु भएको छ ।’ बुधवार नगरप्रमुख पौडेल मुख्यमन्त्री सहभागि एक कार्यक्रममा गलकोट गएका छन् भने प्रमुख प्रशासकीय अधिकृत कुँवर सेवाकालिन तालिममा काठमाडौंमा छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?