२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एक सातामै २७ दुर्व्यसनी पक्राउ

बागलुङ — प्रहरीले एक सातामा २७ लागूऔषधका दुर्व्यसनीलाई पक्राउ गरेको छ  । पक्राउमध्ये ८ जनालाई लागूऔषध ओसारपसार मुद्दा लगाइएको छ भने ६ जनालाई सुधार केन्द्र पठाइएको छ  ।

सूचनाको आधारमा प्रहरीले खोजी अभियान गर्दा ४० जना बागलुङ बजारमा मात्र दुर्व्यसनी भएको पत्ता लगाएको छ ।

दुर्व्यसनीलाई अभिभावकको साथ मनोसामाजिक परामर्श दिएर घर फर्काएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए । कारवाही गरेर जेलमा हाल्नु भन्दा परामर्श मार्फत निगरानीमा राख्दा प्रभावकारी देखिएको शर्माको भनाइ छ ।

पक्राउ एक जनाले भने प्रहरीकै १० हजार ५ सय ठगेर बेपत्ता भएका छन । मालढुंगामा लागूऔषध खरिदका लागि पुगेका कुमार भनिने एक युवक प्रहरीकै रकम लिएर भागेका हुन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?