कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विद्यार्थी पुगे प्रहरी कार्यालय

समुदाय प्रहरी साझेदारी कार्यक्रम
विना थापा

कास्की — जिल्ला प्रहरी कार्यालय कहाँ छ र कुनै घटना भएमा कसरी खबर गर्नुपर्छ भन्नेबारे केही थाहा थिएन । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरीमा आएको पोखराको बेथानी बोर्डिङ स्कुल १० कक्षाका विद्यार्थीले बिहीबार भने, 'आज धेरै कुरा सिक्ने अवसर पायौं ।' 'लागूऔषध दुव्र्यसनबारे धेरै जानकारी पाइयो, प्रयोगकर्ताहरूलाई पनि सम्झाउनुपर्दोरहेछ, त्यस्तो साथीदेखि टाढा बस्नुपर्ने रहेछ,' विद्यार्थी समिर बरुवालले भने, 'कुनै घटना भएको पाएमा नजिकको प्रहरीलाई खबर गर्नुपर्ने रहेछ । जिल्ला प्रहरीको १०० नम्बरको फोन गरे पनि हुने रहेछ । फोन गरेको पैसा पनि नलाग्ने रहेछ ।'

समुदाय, स्थानीय तहका साथै विद्यालयको समन्वयात्मक भूमिकाबाट समाजलाई विभिन्न विकृति विसंगतिरहित बनाउन र नागरिकलाई जनचेतना जगाउन प्रहरीले एकदिने कार्यक्रमको आयोजना गरेको थियो । बरुवालले सबै विद्यार्थीले आपmनो टोलछिमेकमा गम्भीर रूपमा छलफल चलाउन सकेमा लागूऔषधसहित आपराधिक गतिविधि रोकिने बताए ।


पहिलो पटक जिल्ला प्रहरी छिरेका उनले सुरुमा डर लागे पनि पछि घटना न्यूनीकरणमा आफूहरूको भूमिका ठूलो

हुने बुझेको र यसले खुसी बनाएको बताए ।


छात्रा नेहा पुनले सबैभन्दा पहिले कुलतमा फस्न नहुने बुझेको बताइन् । मदिरा सेवनका कारण पनि थुप्रै घटना भएकाले त्यसको नियन्त्रण पनि जरुरी रहेको उनको भनाइ छ । 'यस्ता विषयमा आफूले जान्ने र घरपरिवार, छिमेकी तथा आफन्तलाई पनि भनेमा घटना कम हुने रहेछन्,' उनले भनिन्, 'प्रहरीले यस्ता सचेतनामूलक कार्यक्रम नियमित गर्न आवश्यक देखियो ।' अर्की छात्रा करुणा श्रेष्ठले प्रहरी कार्यलयका विभिन्न फाँटबारे समेत बुभmन पाएको भन्दै खुसी व्यक्त गरिन् ।


अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि प्रहरीले मात्र नसक्ने भएकाले सबै मिलेर यसमा लाग्नुपर्ने जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । विभिन्न लागूऔषध, मदिराका कारण अधिकांश अपराधजन्य घटना हुने भएकाले टोल, समाज, विद्यालय लगायतका विभिन्न क्षेत्रमा अभियानको आवश्यकता रहेको कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानामगरले बताए ।


'जहाँ कार्यक्रम गरियो त्यहीमात्र सीमित हुन हुँदैन यसलाई व्यावहारीक रूपमा उतार्न सके घटना न्यूनीकरण हुन्छ,' उनले भने 'कहींकतै केही भएमा प्रहरीलाई तुरुन्त खबर गर्नुहोला ।' उनका अनुसार अपराध न्यूनीकरणमा विद्यार्थीको बढी भूमिका हुन्छ ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई जिल्ला प्रहरी कार्यलयका विभिन्न शाखाको अवलोकन गराउनुका साथै उक्त शाखाहरूबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी गराइएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?