हुरीपीडितलाई जस्तापाता दिने सांसदको घोषणा
नवलपरासी — पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा हुरीले छानो उडाएका परिवारलाई सांसद विनोद चौधरीले एक सय बन्डल जस्तापाता सहयोगको घोषणा गरेका छन् । चौधरी फाउन्डेशनका अध्यक्ष उद्योगपति चौधरीले व्यक्तिगत तर्फबाट रंगीन जस्तापाता दुई दिनभित्रै उपलब्ध गराउने बताए ।
मंगलबार राति डेढ मिनेट आएको हावाहुरीले नगरको सीताबास, रामबास, मुन्डे, विशालटार र लक्ष्मीपुर क्षेत्रका दुई सयभन्दा बढी घरगोठको छानो उडाएको थियो । असिनापानीले खाद्यान्न र लत्ताकपडा भिजाउँदा स्थानीय मर्कामा परेका छन् ।
प्रकाशित : जेष्ठ ९, २०७६ १९:३३