दुई वर्षदेखि वडासचिवविहीन

नवलपुर — बुलिङटार– १ का वडाध्यक्ष दिलबहादुर सूर्यवंशी झोलामा स्टाम्पलगायत सामग्री बोकेर गाउँ डुल्छन् । जहाँ आवश्यक पर्छ, त्यहीँ वडावासीको निवेदन र सिफारिस तयार गर्छन् । यस्तो काम कर्मचारीको हो ।

सूर्यवंशीले यो काम रहरले गरेका होइनन् । वडामा २ वर्षदेखि सचिव नहुँदा उनको दिनचर्या यसरी नै बितेको छ । ‘केन्द्रले वडासचिव पठाएन,’ उनले भने, ‘विकट गाउँ भनेर कर्मचारी नआउँदा जनप्रतिनिधी आफै सिफारिस लेख्ने, हस्ताक्षर गर्ने र कार्यालय चलाउनु पर्ने अवस्था छ ।’


बुलिङटार गाउंपालिका नै विगत दुई वर्ष देखी वडासचिव विहीन छ । कर्मचारी नहुँदा प्रशासनिक काम प्रभावित बनेको छ । ६ वटा वडा रहेका गापामा स्थानीय चुनावपछि नै सचिव छैन्न । भौगोलिक विकटताको कारण कर्मचारी आउन नमान्ने गाउंपालिकाका प्रमुख प्रशासिकय अधिकृत विष्णुप्रसाद ढुङ्गानाले बताए ।


दरबन्दी अनुसार कर्मचारी आउन नमान्ने र प्रमुख प्रशासकयि अधिकृत पनि दुई वर्षमा तीन जना फेरीदा कामकाज प्रभावित हुने गरेको छ । कर्मचारी अभावमा केही वडामा स्वास्थ्य शाखाका कर्मचारीले वडासचिवको जिम्मा लिएपनि दुई वटा कार्यालय एकै पटक संचालन गर्न असहज भएको छ ।


वडा ६ मा पनि वडासचिव नहुँदाको मर्का उस्तै छ । दुई वर्षअघि निर्वाचित भएर आएपछि सचिवको काम आफै गर्ने गरेको वडाध्यक्ष सूर्यबहादुर रानामगरले बताए । ‘सचिवको माग गर्दै सम्बन्धित निकायमा पुगियो,’ उनले भने, ‘तर अहिलेसम्म व्यवस्था भएको छैन ।’ वडाअध्यक्ष विभिन्न कार्यक्रममा सहभागी हुनुपर्छ । विकट पहाडी क्षेत्र भएकाले एउटै वडामा पनि एकडेढ घण्टा हिंड्नुपर्ने अवस्था छ । सेवाग्राही वडाध्यक्ष खोज्दै घण्टौ हिंड्नुपर्ने बाध्यता रहेको वडा ३ का दिलिप सारुले गुनासो गरे ।


गापा अध्यक्ष शशिकिरण बस्ताकोटीले भौगोलिक विकटताका कारण कर्मचारी गाउँमा नटिक्ने बताए । कर्मचारी समायोजनमा समेत बुलिङटारलाई बेवास्ता गरिएको र कर्मचारीको रोजाइमा नपरेपछि कर्मचारी अभाव भएको हो ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?