कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा मृत्यु भएका परिवारलाई सहयोग

लमजुङ — कतारमा निधन भएका एक युवकका परिवारलाई लमजुङ सेवा समाज दोहा कतारले आर्थिक सहयोग गरेको छ । दूधपोखरी गाउँपालिका २ विचौर घर भई २ वर्षदेखि कतारमा कार्यरत ३८ वर्षीय ईन्द्रप्रसाद दवाडीको परिवारलाई सेवा समाजका तर्फबाट ३० हजार ५ सय ६१ रुपैयाँ सहयोग गरिएको हो ।

कतारमा मृत्यु भएका परिवारलाई सहयोग

समाजका निवर्तमान सल्लाहकार कृष्ण बरालले दवाडीका पत्नि उमालाई सहयोग रकम हस्तान्तरण गरे । उनका अनुसार दवाडीका आफन्तसमेत रहेका गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडी, स्थानीय विनय दवाडी, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष कृष्ण आले, बाग्लुङ सेवा समाज कतारका सदस्य मानसिंह रानाको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो ।


लमजुङ सेवा समाज कतारले सन् २००५ देखि वैदेशिक रोजगारीमा गएका जिल्लावासीलाई दुःख-सुखमा साथ दिँदै आएका बरालले बताए । समाजका अध्यक्ष नवराज नखोलाको संयोजनमा दवाडीको कम्पनी र दूतावासमा आवश्यक प्रक्रिया मिलाउने, शव नेपाल पठाउने र आर्थिक सहयोग उपलब्ध गराउने लगायतका काम गरिएको थियो ।


दवाडीको वैशाख १ गते हृदयघात भई निधन भएको थियो । कतारस्थित डेयू इञ्जिनियरिङ कम्पनीमा कार्यरत दवाडीका पत्नि, एक छोरा, दुई छोरी छन् । परिवारका लालनपालनकै लागि दवाडीले १० वर्ष कतारमा बिताएका थिए ।

प्रकाशित : जेष्ठ १०, २०७६ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?