१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हुरी प्रभावित क्षेत्रमा चौधरी

नवलपरासी — हावाहुरी प्रभावित पूर्वी नवलपरासीको देवचुली नगर क्षेत्रमा सांसद विनोद चौधरीले स्थलगत निरीक्षण गरेका छन् । गत बुधबार साँझ आएको हावाहुरीले नगरका विभिन्न वडामा २ सय घरका छाना उडाएको थियो । घटनालगत्तै चौधरीले १० लाख मूल्यबराबरका सय बन्डल रंगीन जस्तापाता नगरपालिकामार्फत सहयोग गरेका थिए ।

हुरी प्रभावित क्षेत्रमा चौधरी

सांसद चौधरीले मुन्डे, रामबास, विशालटार र सीतावासलगायत ठाउँमा पुगेर पीडितलाई भेटेका हुन् । सरकारले थप सहयोग गर्ने आश्वासन उनले दिए ।


प्रकाशित : जेष्ठ ११, २०७६ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?