दुई मोटरसाइकलमा आगजनी 

स्याङ्जा — अर्जुनचौपारी गाउँपालिका–१ मा शनिबार राति अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेका छन् । घर नजिकै पार्किङ गरी राखेका २ वटा मोटरसाइकललाई राति आगजनी गरेको प्रहरीले जनाएको छ ।  

दुई मोटरसाइकलमा आगजनी 

स्थानीय दिनेश गुरुङको ग.१२.प ५०२ नम्बरकाे पल्सर २२० सिसी र साजन गुरुङकाे ४१६८ नम्बरको पल्सर १८० सिसीको मोटरसाइकलमा आगजनी भएको स्थानीय ललित थापाले जानाकारी दिए ।

उक्त ठाउँमा दिनेशले पहिलो दिन र साजनले एक साता अघिबाट मोटरसाइकल रोखेको बताएका छन् ।

आगजनीको बारेमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए ।

एकवर्ष अघि पनि यहाँ एक मोटरसाइकल र ४ वर्ष पहिला घरमा आगजनी भएको थियो ।


प्रकाशित : जेष्ठ १२, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?