२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

चन्द समूहका जिल्ला प्रमुखद्वारा पार्टी परित्याग

स्याङ्जा — नेत्रविक्रम चन्द समूहका स्याङ्जाका प्रमुखले पार्टी परित्याग गरेका छन् । चन्द नेतृत्वाकाे नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधी सभा अध्यक्ष तथा जिल्ला प्रमुख शोभाकान्त पौडेल (राजु)ले शनिबार विज्ञप्ति निकालेर पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन ।

जिल्ला सचिव गोकुल पराजुलीलाई पहरीले पक्राउ गरेसँगै जिल्ला प्रमुखको भूमिका निर्वाह गरेका वालिङ् नगरपालिका–६ का पौडेलले चन्द समूहकाे नीतिले अब जनताको हित नगर्ने भन्दै पार्टी परित्याग गरेको विज्ञप्तिमा लेखिएको छ ।


तत्कालीन माओवादीको 'जनमुक्ति' सेनाहुँदै जिल्ला सदस्य बनेका पौडेल २०७१ सालमा चन्द समूहकाे नेकपामा प्रवेश गरेको बताएका छन् ।


चन्द समूह परित्याग लगत्तै उनी सत्तारुढ नेकपा प्रवेश गरेका छन् । पौडेललाई नेकपा गण्डकी प्रदेश सदस्य तथा प्रतिनिधि सभा सदस्य नारायण मरासिनीले पार्टी प्रवेश गराए ।


यहाँ यसअघि चन्द समूहका भिरकोट–१ का जिल्ला स्तरीय नेता डा.शेरबहादुर थापा र अर्जुनचौपारी ३ का सागर काफ्लेले विज्ञप्तिमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका थिए । डा.थापाले फागुन ३० र काफ्लले चैत्र २४ गते बिज्ञप्ती निकालेर पार्टीको साधारण सदस्य नरहने गरी परित्याग गरेका थिए । केही समयअघि प्रहरीले जिल्ला सचिव गोकुल पराजुली, जिल्ला सदस्य सागर अर्याल, मिशिरा नेपालीसहित ४ जनालाई पक्राउ समेत गरेको थियो ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?