१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टिपर दुर्घटनामा चालकको मृत्यु

गोरखा — सिरानचोक गाउँपालिका–७ चिउरेभिरमा टिपर दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । शनिबार राति नयाँसाघुबाट जौबारीतर्फ जाँदै गरेको बा ५ ख१९८२ नम्बरको टिपर सडकबाट एक सय २० मिटर तल दरौदी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

टिपर दुर्घटनामा चालकको मृत्यु

दुर्घटनामा टिपर चालक सोही ठाउँका २० वर्षीय सुमन खड्काको ज्यान गएको ट्राफिक प्रमुख दयाराम पौडेलले बताए । टिपरका सहचालक बेपत्ता छन् । उनको नाम ठेगाना खुलेको छैन ।


बेपत्ता भएका सहचालकको आइतबार बिहानैबाट खोजी कार्य तीव्र पारिएको पौडेलले जानकारी दिए । टिपरमा यात्रा गरेका सिरानचोक गाउँपालिका–७ का जनक गुरुङ भने सामान्य घाइते भएका छन् । सडकको कुनातर्फ निर्माण सामग्री थुपार्दा सडक साँघुरो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?