कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

धौवादीको फलामखानी चाँडै सञ्चालनमा : मन्त्री यादव 

नारायण शर्मा

नवलपरासी — नेपालकै ठूलो धौवादी फलाम खानीकाे उद्योग मन्त्री मात्रिका यादव स्थलगत निरीक्षण गरेका छन् ।  सरकारले राष्ट्र्रपतिमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उच्च प्राथामिकतामा राखेको धौवादीको फलाम खानीमा उद्योगमन्त्रीले खानी विभागका उच्चपदस्थ कर्मचारीसहित स्थलगत निरीक्षण गरेका हुन् । 

धौवादीको फलामखानी चाँडै सञ्चालनमा : मन्त्री यादव 

त्यहाँको फलाम खानीबाट फलाम निकाल्ने उद्योग खोल्नकालागि सरकारले उद्योगको मोडालिटीमा काम सुरु गरेको यादवले जानकारी दिए ।

खानी तथा भूगर्भ विभागका विज्ञ नारायण बास्कोटाको नेतृत्वमा ५ जना विज्ञहरुको समूह फलामखानीमा खटिएको छ । निरीक्षणपछि बोल्दै मन्त्रीले यो खानीबाट व्यवसायिक उत्पादन थाल्न सरकार प्रतिबद्ध रहेकाले चाँडै कारखाना खोल्ने लगायतका सबै उपाय अबलम्बन गरिरहेको जानकारी दिए ।

उनले सरकारी र निजी क्षेत्रको सहकार्यमा फलाम निकाल्ने पछिल्लो प्रविधिको प्रयोग गरिने उनले बताए ।

पूर्वी नवलपरासीको कावासोतीदेखि उत्तरतर्फको हुप्सकोट गाउँपालिका ५ मा पर्ने धौवादीमा १० किलोमिटर लामो फलामखानी (फालमको मात्रा धेरै रहेको पहाड) रहेको छ ।


यहाँको फलामबाट स्पोन्स आइरन निकाल्न सकिने प्रारम्भिक अनुसन्धानले देखिएको छ । मिनरल प्रोसेसिङ गरेर फालम निकाल्न सकिने देखिएको प्राविधिकको भनाई छ । त्यहाँ खटिएका विज्ञहरुको टोलीले थप ५ हजार किलो फलामको सेम्पलिङ्ग निकालेर चिनियाँ प्रयोगशालामा पठाउने काम थालेको छ ।

यहाँ निकालिने फलामबाट स्टिल बनाउन नसकिने र फलामका डण्डी बनाउन सकिने देखिएको छ । त्यस बाहेक सिमेन्ट कारखानाहरुलाई आवश्यक पर्ने फलाम यसैबाट पूर्ति हुने प्राविधिकको भनाई छ ।

महेन्द्ररामार्गको कावासेतीबाट २५ किलोमिटर उत्तरमा फलामको मात्रा बढी रहेको पहाड भेटिएको छ । यसअघिका उद्योगमन्त्री नविन्द्रराज जोशीले ३ वर्ष अघि गरेको स्थलगत निरीक्षणपछि त्यहाँ पुग्ने मोटरबाटो निमार्णको काम अघि बढाएका थिए । झयालबासबाट फालमखानीसम्म पुग्ने ९ किलोमिटरको बाटो खनिसकिएको हुप्सकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

खानी तथा भूगर्भ विभागका अनुसार फटाफट काम हुन सके आउँदो ४ वर्षभित्र फलाम कारखानाबाट उत्पादन लिन सकिने छ ।

ढुंगाखाानी हातपार्न बिचौलियाको दौडधुप

धौवादी फलाम खानीबाट पूर्वमा रहेको ढुंगा खानी (सडकका निमार्णकालागि राम्रो मानिएको) ठेक्का लिन यहाकाँ केही बिचौलियाहरु दौडधुपमा लागेपछि स्थानीयले पाउनुपर्ने भन्दै विरोध सुरु भएको छ ।

फालम खानीसँगै पूर्वतर्फ जोडिएको ढुंगाखानी भूगर्भ विभाग र वनमन्त्रालयबाट सस्तोमा भाडामा लिन परासीका केही बिचौलियाहरुले माथिल्लो तहसम्म पहुँच बढाएका छन् ।

भखैरै निमार्ण सुरु भएको नारायणगढ–बुटवल सडकमा त्यहाको ढुंगाको माग रहेकोले सस्तोमा हत्याउन राजनैतिक दलका केही ब्यक्तिले दौडधुप सुरु गरेका छन् ।

स्थानीयहरु भने ढुंगाखानीलाई दल्दले धौवादी–पोखरा वा कावासोती झयालबास डेडगाउँ पोखरा सडक निर्माणमा प्रयोग गर्न उपयुक्त हुने र त्यसको आम्दानी गाउँपालिकाले प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?