१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बस र जिप ठोक्किँदा ५ घाइते, ३ गम्भीर

लमजुङ — बेंसीसहर नगरपालिका-१ उदिपुरको दलालस्थित देउराली नजिकै आइतबार अपरान्ह बस र जिप एक आपसमा  ठोक्किँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ को अवस्था गम्भीर छ ।

बस र जिप ठोक्किँदा ५ घाइते, ३ गम्भीर

४ जनालाई उपचारको लागि चितवनस्थित नयाँ चितवन मेडिकल कलेज लगिएको प्रहरीले बताएको छ । बेंसीसहरबाट भोटेओडारतर्फ जाँदै गरेको ग १ ज ६५१९ नम्बरको जिप र भोटेओडारबाट बेंसीसहरतर्फ आउँदै गरेको ना ४ ख २२८० नम्बरको यात्रुवाहक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।


जिपमा सवार दोर्दी गाउँपालिका-७ फलेनीका ५० वर्षीया डोल्मा तामाङ, ६० वर्षीय फान्तबहादुर तामाङ र २५ वर्षीया सुकमाला तामाङ गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि चितवन पठाइएको डीएसपी यादव ढकालले बताए ।


यस्तै, घाइते जिप चालक मध्यनेपाल नगरपालिका १० थानसिङ नेटाका २९ वर्षीय विकास मजाकोटीलाई थप उपचारको लागि नयाँ चितवन मेडिकल कलेज लगिएको प्रहरीले बताएको छ ।


बसका चालक बेंसीसहर नगरपालिका ३ का ३५ वर्षीय सन्तोष कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


दुवै सवारी साधन तीव्र गतिमा भएकाले एकआपसमा ठोक्किएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनाबाट दुवै सवारी साधनको अघिल्लो भागमा क्षति पुगेको प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७६ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?