कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

टिपरको ठक्कबाट साइकलयात्रीको मृत्यु

प्रताप रानामगर

दमौली — पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका २ गाछेपानीमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । शुक्लागण्डकी ४ दुलेगौडाका २१ वर्षीय कमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।

भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग १ ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकल यात्रीलाई ठक्कर दिएको थियो । दुलेगौडाको तनहुँ सेवा अस्पतालमा सामान्य उपचार पछि मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको लामिछानेले बताए ।

प्रकाशित : जेष्ठ २६, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?