१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गण्डकीको नीति तथा कार्यक्रम पारित

पोखरा — गण्डकी प्रदेश सरकारले गत शुक्रबार सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार प्रदेशसभामा छलफल भएको थियो । 

प्रदेश सरकाले चालु र अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आकर्षक नारा र भाषा परिवर्तनसाथ पुरानैलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम ल्याएको थियो ।


प्रदेशसभा बैठकले बहुमतले त्यसलाई पारित गरेको हो । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीले आइतबार विभिन्न ८ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएकामा त्यो पनि बहुमतले अस्वीकृत गरेको थियो । सोमबार २६ सांसदले छलफलमा भाग लिएका थिए । सत्तासीन नेकपाका सांसदहरूले प्रशंसा गरेका थिए भने विपक्षीले कार्यान्वयन हुन नसक्ने टिप्पणी गरेका थिए ।


छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नीति तथा कार्यक्रममा आधारित रहेर बजेट ल्याउने बताए । ‘कार्यान्वयन हुने गरी नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउँछौं,’ उनले भने । प्रदेश सरकारले अघिल्ला वर्षमा जस्तै पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, सामाजिक क्षेत्रको विकासमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएको थियो । गण्डकी प्रदेशलाई पर्यटन हब र पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने कार्यक्रममा छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?