१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

४ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम

सम्झना रसाइली

तनहुँ — सरकारले ल्याएको नागरिकलाई न्यूनतम रोजगारीको अवसर कार्यक्रम तनहुँका ४ स्थानीय तहमा सुरु भएको छ । जिल्लामा ४ नगर र ६ गाउँ छन् । एउटा नगरपालिका र ३ गाउँपालिकाले यो कार्यक्रम सुरु गरेका हुन । अन्यले असार पहिलो साताबाट सुरु गर्ने तयारी गरेका छन् । 

४ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन जिल्लाका १० मध्ये ७ स्थानीय तहमा ४ हजार ७ सय ६३ जनाले निवेदन दर्ता गराएका छन् । ३ स्थानीय तहले भने वेरोजगारको निवेदन संकलन पुरा गरेका छैनन् । बन्दीपुर, आँबुखैरेनी, देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका हुन् । यिनमा पहिलो चरणको न्यूनतम रोजगार कार्यक्रममा १ सय ३९ जनाले रोजगारी पाएका छन् ।


बन्दीपुरमा ७ सय ५८ जनाले रोजगार कार्यक्रममा सहभागी हुन निवेदन दर्ता गराएकोमा पहिलो चरणमा ४१ जनालाई पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत सडकको नाला निर्माणमा खटाइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक शरन गुरुङले बताए । वडा १, २ र ४ मा सडकको नाला निर्माण कामको जिम्मा दिइएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । उनले भने ‘दैनिक ६ सय २६ रुपैयाँ ज्याला पाउनेगरी एक महिनाको लागि काममा खटाइएको छ ।’


कार्यक्रमका लागि प्राप्त ११ लाख रुपैयाँमध्ये नाला निर्माणका लागि वडा नम्बर १ र २ मा ४/४ लाख र वडा ४ मा ३ लाख रुपैयाँ विनियोजन गरिएको छ । आँबुखैरेनी गाउँपालिकामा १ हजार २ सय ७० जनाले निवेदन दिएकोमा पहिलो चरणमा १६ जनालाई काममा खटाइएको कार्यक्रम संयोजक कमला गैरेले बताइन् । गाउँपालिकालाई १२ लाख रुपैयाँ बजेट आएको छ । निवेदकलाई सम्बन्धित वडाका सडकको मर्मत सुधार तथा सूचीकृतले रोजेका काममा प्राथमिकता दिइने उनले बताइन ।


देवघाटमा ८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस कार्यक्रममा सहभागी हुन ५ सय ३३ जनाले निवेदन दिएकोमा ५ सय २५ छनोटमा परेको कार्यक्रम संयोजक ध्रुव आचार्यले बताए । छनोटमा परेकामध्ये ६१ जनालाई प्रदेश सरकारद्वारा थालनी गरिएको होमस्टे विकास र पूर्वाधार निर्माण कार्यक्रमलाई प्राथमिकता दिएर काममा खटाइएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले बताए । शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडाका लागि १/१ वटा योजना तय गरिएको संयोजक प्रतिभा जिसीले बताइन ।


कार्यक्रममा सहभागी हुन १ हजार १९२ जनाले निवेदन दिएकामा पहिलो चरणमा २१ जनालाई वडा २ र ४ मा सिँचाइ र सडकको पूर्वाधार निर्माणको काममा खटाइएको छ । नगरपालिकामा कार्यक्रमका लागि २९ लाख रुपैयाँ आएको छ । म्याग्दे गाउँपालिकामा १ सय ८ जनाले निवेदन दर्ता गराएका थिए । १ सय ६ जना कार्यक्रमका लागि छनोट भएका छन् ।


कार्यक्रमका लागि १३ लाख रुपैयाँ बजेट विनियोजन भएकाले आवश्यकता अनुसारका कार्यक्रम छनोट गरी सूचीकृत भएकाहरूलाई काम खटाइने तयारी भएको कार्यक्रम संयोजक पविन्द्र साहीले बताए । १३ लाख रुपैयाँ बजेट पाएको रिसिङ गाउँपालिकामा १ सय ७९ जनाले निवेदन दर्ता गराएका छन ।


व्यास नगरपालिकालाई ४४ लाख, भिमाद नगरपालिकामा २२ लाख, भानु नगरपालिकामा २८ लाख, घिरिङ गाउँपालिकामा १० लाख बजेट विनियोजन भएको छ । न्यूनतम रोजगार कार्यक्रममा कृषि, शिक्षा, भेटेरिनरी, निर्माण, सरसफाइ लगायतका क्षेत्र रोजी आवेदन माग गरिएकाले सोही अनुसार सूचीकृत भएका बेरोजगारहरूलाई काममा खटाइने स्थानीय तहले तयारी गरेका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?