१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

जाँडरक्सी खाए हजार जरिवाना

लमजुङ — बिहानै, दिउँसै जाँडरक्सी खाने र काम नगर्ने । साँझ र राति घरमा झैंझगडा हुने । रक्सी सेवन गरेका पुरुषबाट आजित भएपछि अशान्ति फैलिएको भन्दै बेंसीसहर नगरपालिका–६ सारिङका महिलाले जाँडरक्सी खाने र बेच्नेलाई कारबाहीको निर्णय गरेका छन् ।

जाँडरक्सी खाए हजार जरिवाना

‘जाँडरक्सी खाने र बिक्रीवितरणले गाउँमा अशान्ति भयो । झगडा भयो । हिंसात्मक घटना बढे । त्यसैले यसको नियन्त्रण अभियानमा छौं,’ स्थानीय मीना राउतले भनिन्, ‘कसैगरी सम्झाएर नहुने, उल्टै झगडा गर्न आउने । एकले सम्झाएर भएन भनी गाउँ समाजका महिला सबै लागेका छौं ।’

राउतगाउँ, बोहरागाउँ, छघर, फाँटगाउँ, कटरबोट, कान्ले, भण्डारीगाउँ, कुर्पुन, खत्रीगाउँ, कोल्मराङ, रादल टोललगायतका महिलाले जाँडरक्सी नियन्त्रणका लागि समिति नै बनाएर अभियान चलाएका छन् । क्षितिज आमा समूह गठन गरी जाँडरक्सी नियन्त्रण अभियान सञ्चालन गरेको अध्यक्ष पार्वती बोहराले बताइन् ।

उनीहरूले गाउँमा मदिरा बनाउन, बिक्रीवितरण र सेवन गर्न रोक लगाएका हुन् । यस्तै, सहर/बजारबाट जुनसुकै किसिमको मदिरा ल्याउन र प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ । मदिरा सेवन गर्ने र बिक्री गर्नेलाई पहिलो पटक ५ सय रुपैयाँ जरिवाना तोकिएको छ ।

अटेर गरी दोस्रोपटक बिक्रीवितरण र सेवन गरेमा १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ । तेस्रोपटक पनि अटेरी गरे कानुनी कारबाहीका लागि प्रहरीमा बुझाइने अध्यक्ष बोहराले बताइन् ।

प्रकाशित : असार १, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?