कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

श्रवणकुमारको सालिक निर्माण

स्याङ्जा — पुतलीबजार नगरपालिका–४ नागडाँडाको जिरोस्थित चोकमा अन्धाअन्धी श्रवणकुमारको सालिक राखिने भएको छ । आँधीखोला गाउँपालिकाको अनुदानमा निर्माण गर्न थालिएको कपर फाइबरबाट बन्ने सालिक भारतबाट झिकाएर वालिङ्मा राखिएको गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बताए ।

असार मसान्तसम्म सकिने गरी निर्माण थालिएको सालिक राखिने स्थानको सोमबार गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले शिलान्यास गरे । सालिकका लागि १० लाख रुपैयाँ खर्चिएको बताउँदै उनले ५ फिट अग्लो मूर्तिको ७ फुट लम्बाइ र साढे २ फुट चौडाइ रहेको बताए । सालिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाले जनाएको छ ।


आँधीखोला गाउँपालिकाको प्रवेशद्वार नागडाँडामा पुतलीबजारसँगको सहकार्यमा सालिक राख्ने भएको हो । श्रवणकुमारले आफ्ना दुबै आँखा नदेख्ने आमाबुवालाई बोकेर हिँडेको प्रतीकात्मक सालिक राख्न लागिएको हो । मुक्तिनाथ दर्शनका लागि बाबु आमालाई खर्पनमा बोकेर हिँडेका बेला तिर्खा लागेपछि श्रवणकुमार पानी खोज्न गएका थिए ।


आफ्ना दृष्टिविहीन बाबुआमालाई चिलाउनेवासस्थित अन्धाअन्धी क्षेत्रमा राखेर वाङसिंको ध्याङ्साङीको मुहानमा पानी लिन जाँदा दशरथको वाण लागेर उनको मृत्यु भएको किंवदन्ती छ । सोही मुहान आँधीखोलाको उद्गमस्थल हो ।

प्रकाशित : असार ३, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?