दुई हेलिकप्टर आकस्मिक अवतरण

प्रकाश बराल

(बागलुङ) — मंगलबार दिउँसो अचानक परेको वर्षा र मौसम खराबीले यहाँ दुइटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । मुस्ताङबाट भारतीय पर्यटक बोकेर पोखराका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसम खराबीका कारण सदरमुकामस्थित बाङ्गेचउर खेल मैदानमा अवतरण गरेको हो ।

दिउँसो पौने ४ बजे हेलिकप्टरले अवतरण गरेलगत्तै सिम्रिक एयरकै अर्को हेलिकप्टर पनि उक्त मैदानमा आइपुगेको थियो । हुम्लाबाट बिरामी बोकेर काठमाडौं उडेको हेलिकप्टर पनि मौसमको खराबीकै कारण आइपुगेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।


मौसमको खराबीका कारण अवतरण गरेका दुवै हेलिकप्टर पानी रोकिएपछि गन्तव्यमा उडेका छन् । मंगलबार दिउँसो ३ बजे अचानक ठूलो हुरीसहित वर्षात् भएको थियो । उनीहरुले संभावित दुर्घटनाबाट बचाउन आकस्मिक अवतरण गरेका थिए । अवतरणपछि बागलुङवासी आश्चर्यमा परेका थिए ।

प्रकाशित : असार ३, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?