१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आपतकालीन आवतरण

स्याङ्जा — मुस्ताङबाट उडेको हेलिकप्टर हावाहुरीसहितको पानीका पोखरा एयरपोर्टमा अवतरण हुन नसक्दा स्याङ्जाको आँधीखोला किनारमा  मंगलबार दिउँसो आपतकालीन अवतरण गरेको छ । पानी धेरै परेका कारण पोखरामा ल्याण्ड हुन नसकेको प्रहरीले बताएको छ ।

आँधीखोला गाउँपालिका–२ मडुवास्थित दिउँसो ४ बजेर २० मिनेट जादा आपतकालीन आवतरण गरेको जिल्ला प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । डीएसपी भण्डारीका अनुसार १५ मिनेट विश्राम गरेपछि मौसम सफा भएपश्चात पुनः ४ बजेर ३५ मिनेट जादा पोखरातर्फ उडेको थियो । उक्त हेलिकप्टरमा कति जना यात्रु थिए भन्ने नखुलेको उनले बताए ।


प्रकाशित : असार ३, २०७६ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?