कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जीप दुर्घटनामा दुईको मृत्यु

लालप्रसाद शर्मा

पोखरा — महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा आइतबार जिप दुर्घटना हुँदा २ यात्रुको मृत्यु भएको छ । सदरमुकाम कुश्माबाट बालाकोटतर्फ जाँदै गरेको ग२च ७१२८ नम्बरको जिप देउराली भीरमा सडकदेखि एक सय मिटर तल खस्दा महाशिला–३ का ५० वर्षीय कृष्णगोपाल गुरुङ र सनाखत हुन नसकेकी एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । 

जीप दुर्घटनामा दुईको मृत्यु

महिला सल्यानबाट मजदुरीका लागि त्यहाँ गएकी थिइन् । दुर्घटनामा चालकसहित ४ घाइते छन् ।


उनीहरूमध्ये दुईलाई पोखरा रिफर गरिएको र दुई जनाको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए । जिपमा ७ जना सवार थिए ।


प्रकाशित : असार ८, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?