जीप दुर्घटनामा दुईको मृत्यु
पोखरा — महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा आइतबार जिप दुर्घटना हुँदा २ यात्रुको मृत्यु भएको छ । सदरमुकाम कुश्माबाट बालाकोटतर्फ जाँदै गरेको ग२च ७१२८ नम्बरको जिप देउराली भीरमा सडकदेखि एक सय मिटर तल खस्दा महाशिला–३ का ५० वर्षीय कृष्णगोपाल गुरुङ र सनाखत हुन नसकेकी एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।