कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चन्द समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ

रासस

कास्की — नेत्रविक्रम चन्द समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।


यसैबीच आज बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा फेला परेको शङ्कास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ । साेमबार साँझ पनि पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिक शङ्कास्पद वस्तु फेला परेको थियो ।


प्रकाशित : असार १०, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?