कावासोती नगरपालिकाका उपप्रमुखको सवारीमा आगजनी 

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर चढ्ने सरकारी सवारीमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।उपप्रमुख प्रेम शंकर मर्दनियाले प्रयोग गर्ने लु १ झ ३२१ नम्बरको गाडीमा गएराति आगजनी भएको हो । राति साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारीमा रहेको सवारीमा आगजनी भएको प्रहरीले जनाएको छ । 

आगजनीबाट गाडीको पछाडिको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अर्जुन रानाभाटले बताए ।

मोटरसाइकलमा आएका २ जना आगो लगाएर भागेका थिए । बन्दको पूर्वसन्ध्यामा भएकाले आगलागी नेत्रविक्रम चन्द समूह निकट माओवादीले गराएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीय तहका उपप्रमुखलाई सवारी सुविधा नभएपनि उपप्रमुख मर्दनियाले निर्वाचित भएदेखि नै यो सुविधा लिँदै आएका छन् ।

प्रकाशित : असार १०, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा बन्दकाे प्रभाव न्यून 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले आव्हान गरेकाे बन्दकाे प्रभाव उपत्यकामा न्यून छ । मंगलबार बिहानैदेखि यातायात संचालनमा छ । बजार खुलेकाे छ । विद्यालय तथा शिक्षण संस्था भने बन्द छन् । 

काठमाडाैं प्रहरी परिसरका प्रवक्ता डीएसपी हाेबिन्द्र बाेकटीले उपत्यकामा निर्वाध रुपमा सवारी साधन सञ्चालनमा रहेकाे बताए।


बिहान किर्तिपुरमा शंकास्पद वस्तु भेटिएकाे थियाे। किर्तिपुरकाे सार्वजनिक स्थानमा बाेतलमा माटाे भरेकाे अवस्थामा त्रास फैलाउन उक्त वस्तु राखिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरी मुडभेडमा मारिएका सर्लाही इन्चार्ज कुमार पाैडेलकाे हत्याकाे विराेधमा चन्द समूहले म‌ंगलबार बन्द आव्हान गरेकाे हाे ।

प्रकाशित : असार १०, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्