कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

समताकी प्रतिभाले ल्याइन् ४ जीपीए

नारायण शर्मा

नवलपरासी — कावासोतीस्थित समता स्कुलकी छात्रा प्रतिभा भुर्तेलले ४ जीपीए ल्याएकी छन् । उनीबाहेक समताकै र सुशील गिरि र वसन्त पाठकले पनि क्रमशः ३ दशमलव ९ जीपीए र ३ दशमलव ९५ ल्याएका छन् ।

समताकी प्रतिभाले ल्याइन् ४ जीपीए

यूकेजीदेखि समतामा पढ्दै आएकी प्रतिभा लगनशील एवं फरक क्षमताकी छात्रा रहेको प्रिन्सिपल महेश भुर्तेलले जानकारी दिए । ‘उनको नेपाली लेखन र चित्रकला जिल्लामै उत्कृष्ट थियो,’ उनले भने ।

प्रतिभा महान् व्यक्तिका डकुमन्ट्री हेर्न रुचाउने, आफूले गर्न चाहेको कुरा गरिछाड्ने र चन्चले स्वभावकी रहेको आमा यमकला भुर्तेलले बताइन् । ‘एसईईमा उनले राम्रो गर्छिन् भन्ने थियो, गरिन् पनि,’ उनले भनिन् ।

आफूले सोचेअनुसारको नतिजा आएको प्रतिभाले बताइन् । ‘भविष्यमा डाक्टर बन्ने चाहना छ,’ उनले भनिन्, ‘नतिजाले खुसी लागेको छ । अझ मिहिनेत गरी पढ्छु ।’


प्रकाशित : असार १२, २०७६ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?