ट्रक र माेटरसाइकल ठाेक्किँदा दुईकाे मृत्यु

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जंगललमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । 

सोमबार बिहान ५:१५ बजेको समयमा खरकट्टा जगलस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लु २ ख १० नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र सोही ठाँउ बस्ने ३३ वर्षीय तारा पोख्रेल रहेका छन् । ठक्करबाट गम्भीर घाइते दुवैकाे कालीगण्डकी अस्पताल कावासोतीमामृत्यु भएकाे हाे । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।

प्रकाशित : असार १६, २०७६ १०:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

समताकी प्रतिभाले ल्याइन् ४ जीपीए

नारायण शर्मा

नवलपरासी — कावासोतीस्थित समता स्कुलकी छात्रा प्रतिभा भुर्तेलले ४ जीपीए ल्याएकी छन् । उनीबाहेक समताकै र सुशील गिरि र वसन्त पाठकले पनि क्रमशः ३ दशमलव ९ जीपीए र ३ दशमलव ९५ ल्याएका छन् ।

यूकेजीदेखि समतामा पढ्दै आएकी प्रतिभा लगनशील एवं फरक क्षमताकी छात्रा रहेको प्रिन्सिपल महेश भुर्तेलले जानकारी दिए। ‘उनको नेपाली लेखन र चित्रकला जिल्लामै उत्कृष्ट थियो,’ उनले भने।
प्रतिभा महान् व्यक्तिका डकुमन्ट्री हेर्न रुचाउने, आफूले गर्न चाहेको कुरा गरिछाड्ने र चन्चले स्वभावकी रहेको आमा यमकला भुर्तेलले बताइन्। ‘एसईईमा उनले राम्रो गर्छिन् भन्ने थियो, गरिन् पनि,’ उनले भनिन्।
आफूले सोचेअनुसारको नतिजा आएको प्रतिभाले बताइन्। ‘भविष्यमा डाक्टर बन्ने चाहना छ,’ उनले भनिन्, ‘नतिजाले खुसी लागेको छ। अझ मिहिनेत गरी पढ्छु।’

प्रकाशित : असार १२, २०७६ २०:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्