कर्मचारी बिदामा, सेवाग्राही मर्कामा

महाशाखामा सहयोगी एक, अधिकृत ३, नासु एक र प्रमुखसहित ६ जना रहेका छन् । उनीहरुमध्ये सहयोगी र नासुबाहेक सबै बिदामा बसेका छन्
विना थापा

(कास्की) — पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाका कर्मचारी लगातार बिदामा बस्दा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारीले ३ देखि १० दिनसम्म बिदा लिएपछि समस्या देखिएको हो ।

कर्मचारी बिदामा, सेवाग्राही मर्कामा

महाशाखा प्रमुखलाई प्रमुखलाई भेट्नुपर्ने काम भए पनि बिदामा भएकाले हुन नसकेको एक सेवाग्राहीले बताए । ‘असारको महिना मानो खाएर मुरी उब्जाउने बेला कामै छोडेर आए,’ उनले भने, ‘फेरी धाउनुपर्ने भयो ।’ उनीजस्ता थुप्रै सेवाग्राही कर्मचारी अभावले बिना काम फर्किएका थिए ।


महाशाखा प्रमुख निर्मला शर्मा आइतबारदेखि सातादिन लामो बिदामा बसेकी छन् । स्रोतका अनुसार उनको बच्चा सानै भएको, रेखदेख गर्ने मान्छे नभएको र आफै पनि बिरामी छन् उनी । शाखामा सहयोगी एक, अधिकृत ३, नासु एक र प्रमुखसहित ६ जना रहेका छन् । उनीहरूमध्ये सहयोगी र नासुबाहेक सबै बिदामा बसेको स्रोतले जनायो । ‘अधिकृत कोही परीक्षा र कोही खेत रोप्नका लागि भैपरि बिदामा बसेका हुन् । यता नासु लक्ष्मी बराल पहारीले भने महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता लगायत समाज कल्याणका कामहरू कुनै पनि नरोकिएको बताउँछिन् ।


कार्यालयको अनुकूल हेरी पालो मिलाएर बिदामा बस्नुपर्ने भए पनि परीक्षा र बिरामी भएको कारण नाइँ भन्न नसकिने अवस्था रहेको महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले बताए । यसैगरी प्रमुख मानबहादुर जिसी र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल पनि एकैसाथ बाहिर निस्कँदा बुधबार अरू सेवाग्राहीको पनि काम भएन । तालचोकदेखि टेन्डर रनिङ बुक भुक्तानी (चेक) बनाउन बुधबार महानगरपालिका आइपुगेका कैलाश तामाङले जनतालाई दु:ख मात्र दिने काम भएको बताए । ‘बिदामा गए पनि हरेक शाखामा काम चलाउने मान्छे त, राख्नुपर्छ नि,’ उनले भने । प्रमुख र अधिकृत कार्यालयकै कामले काठमाडौं जानुभएको र आइतबारमात्रै फर्किने जानकारी सूचना अधिकारी सुवेदीले बताए ।

प्रकाशित : असार १९, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?