कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बाढीले गलेश्वर बेलिब्रिज उच्च जोखिममा

घनश्याम खड्का

म्याग्दी — राहुघाट खोलामा बाढी आएपछि बेनी-जोमसोम-कोरला सडकको गलेश्वरस्थित बेलीब्रिज भत्कने जोखिममा छ । राहुघाट खोलामा बाढीको धार गलेश्वरपट्टी सोझिएर कटान थालेपछि बेलीब्रिज जोखिममा परेको हो ।

‘पुल निर्माण ढिलाईले बेलीब्रिज उच्च जोखिममा छ । कुनैपनि बेला बेनी-जोमसोम सडक अवरुद्ध हुने अवस्था छ,’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘आयोजना प्रमुखलाई तत्काल ब्रिज संरक्षणमा काम थाल्न निर्देशन गरेको छु ।’


बेनी-जोमसोम-कोरला सडक आयोजना अर्न्तगत रहुघाट नदीमाथी निर्माणाधिन पक्की पुलको फाउण्डेसन निर्माण ढिलाईहुँदा गलेश्वर बस्ती समेत बेलीब्रिज जोखिममा परेको हो ।


फाउण्डेसन राख्न पुरानो तटवन्ध भत्काएको र नयाँ नराखिएकोले आइतबार राति राहुघाट खोलामा आएको बाढीले कटान थालेको हो । पुलको ठेक्का लिएको शर्मा/युनाइटेड विल्डर्स जे/भी काठमाडौंले पुलको फाउण्डेसन निर्माणमा ढिलाई तथा लापरबाही गरेको छ ।


नदीमा हरेक दिन पानीको सतह बढेको छ । मनसुन सुरु भएकोले नदीमा पानीको सतह बढेपछि ठेकदारले फाउण्डेनका लागि खनेको खाडलमा जग समेत राख्न सकेको छैन । बेलीब्रिजले मुस्ताङ समेत बेनी–जोमसोम सडक वारिपारि रहेका रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई पनि जोड्छ ।

प्रकाशित : असार २३, २०७६ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?